तिज मैलिक पर्व : नेता गिरी

गोरक्ष समाचारदाता
तुलसीपुर, ६ भदौ । नेपाली कांग्रेसका नेताले नारीहरूको महान पर्व तिज मौलिक पर्व भएकाले परम्परा अनुरूप सभ्य रूपमा मनाउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस तुलसीपुर–५ वडा कार्यसमितिले बुधवार तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यानमा आयोजना गरेको तिजमिलन कार्यक्रमलाई सम्बोधन गर्ने नेताले पछिल्लो समय तिज भड्किलो बन्दै गएको बताउँदै सभ्य रूपमा मनाउन आग्र गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले तिजको परम्परा र मौलिक अनुरूप तिज मनाउन सके मात्रै घरपरिवार र समाजमा खुसी छाउने बताए । नारी शक्ति संगठित हुन जरूरी रहेको भन्दै केन्द्रीय सदस्य गिरीले तिजको मौलिकतामा असर नपुग्ने गरी गलत परम्परालाई चिर्दै पर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा पूर्व जिल्ला पार्टी सभापति घनश्याम रेग्मीले हरितालिका तिज विगतको प्रचलन र परम्परा देखासिखीमा होडबाजीयुक्त बनाउन नहुने सुझाए । संविधान सभा सदस्य बुद्धिराम भण्डारीले तिज नारीका लागि उल्लासको पर्व भएकाले समाजमा विशेष महत्व राख्ने भन्दै सभ्य रूपमा मनाउन आग्रह गरे ।

तुलसीपुर–५ का वडा सभापति नवीन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेताहरू महादेव शाह, भूपबहादुर डाँगी, लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा श्रेष्ठ, जिल्ला उपसभापति कमानसिंह भारती, दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्कालगायतले सम्बोधन गरेका थिए ।

महिला नेतृ सुष्मा गिरी, नेपाल दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्तीलगायतले मन्तव्य राखेका थिए । तुलसीपुर–५ की वडासदस्य मधुमती सुनारको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा उपसभापति शिशिर लामिछानेले गरेका थिए ।