घोराही, ५ भदौ । गुरुकुल एकेडेमी घोराहीमा अध्ययनरत विद्यार्थीले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजका अवसरमा विद्यालयमा कार्यरत महिला सहयोगी कर्मचारी र शिक्षिकलाई तिज कोसेली उपहार प्रदान गरेका छन् ।
विद्यार्थीहरुले आफ्नै पहलमा रकम संकलन गरी नपुग भएको रकम विद्यालयको सहयोगमा जोडेर उक्त कोसेली वितरण गरेका हुन् । विद्यालयका महिला सहयोगी कर्मचारीलाई साडी र शिक्षिकालाई श्रृङ्गारका सामग्री प्रदान गरेका हुन । विद्यार्थीले संकलनस्ाँगै विद्यालयले सहयोग गरेपछि संकलन भएको करिव ५० हजार रुपैयाँबाट साडी र श्रगारका सामग्री खरिद गरेर सहयोग गरिएको विद्यालयकी कप्तान यशु बुढाथोकीले जानकारी दिएकी छिन ।
महिलाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने उद्देश्यले गरिएको यो कार्य विद्यालय समुदायमा उदाहरणीय अभ्यासको रुपमा रहेको शिक्षक तथा कर्मचारीहरूले बताएका छन् । विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले विद्यार्थीहरुको यस्तो सकारात्मक सोच र व्यवहारप्रति खुशी व्यक्त गर्दै यस्ता गतिविधिले विद्यालयलाई अझ अनुकरणीय बनाउन सहयोग गर्ने बताएका थिए ।
गुरुकुल एकेडेमीका विद्यार्थीले गरेको उपहार वितरणले विद्यार्थी, शिक्षक तथा कर्मचारीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनका साथै समाजमा सम्मान र सहअस्तित्वको संस्कारलाई प्रवद्र्धन गर्न सहयोग पु¥याउने बताए ।