दाङ,५ भदौ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाटीको भोकल कर्डमा मासु पलाएको एक जना बिरामीको सफल अप्रेसन भएको छ ।
वीर अस्पतालमा लामो समय काम गर्नुभएका अनुभवी प्रतिष्ठानमा कार्यरत नाक, कान, घाटी रोगका सर्जन डा दिपेन्द्र गौतम, विशेषज्ञ चिकित्सकहरु डा एलिना आचार्य, डा सरोज आचार्य, एनेस्थेसिलोजिष्टलगायतको चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको टोलीले घोराही उपमहानगरपालिका वडा नं. १८ निबासी आनन्द मोहनको घाटीमा पलाएको मासुको सफल अप्रेसन गरेर निकालेको हो ।
अप्रेसनपछि बिरामीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पश्चिम नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई धन्यावाद दिएका छन् ।
उनले लेखेका छन,‘आज मेरो अप्रेशन सफल भयो, नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डा दिपेन्द्र गौतम, डा सरोज आचार्य, डा एलिना आचार्य लगायत घाटीको भोकल कर्डमा मासु पलाएको अप्रेसनमा संलग्न सम्पूर्णप्रति मनको गहिराईबाट धन्यवाद् । यहाँहरुको सीप, अनुभव र सहृदयीभावले अपेक्षित सेवा पाएको महशुस गरें । मेरो जस्तै सेवा बिरामी भएर आउने लाखौले पाउन्, प्रतिष्ठान र यहाँहरु सबैको सदैब रचनात्मक सेवा सुन्न पाईयोस् ।’