कविता : बाँदरहरू

 

खगराज न्यौपाने
एक हुल बाँदरहरु आउँछन्
मकैबारीमा पस्छन्
खान्छन् भाच्छन् फाल्छन्
अनि मात्र सन्तोष भएर जान्छन्
केही समय पछि किसान आउँछ
आफ्नो बारीको मकै विनास भएको देख्छ
भर्खर मोती दाना बसेको मकै
स्वाहा भएको देख्छ
किसानको मन भत्भति पोल्छ
तर उजुरी कहाँ गएर गर्ने ?
न्यायालय भए पो ?
पोहर साल पनि यस्तै भयो
एैले पनि यस्तै भयो
आघौ पनि यस्तै होला
बाँदरहरुको संख्या बढ्दै छ
कुनै दिन यो सबै धर्ती बाँदरले ढाक्ने त होइनन्
यही पीरले मनमा जरा गाड्न थालेको छ
यसैले मानिसलाई मुग्लान पस्ने गराएको छ
बाँदरले सताएको छ ।