‘हाम्रो सांस्कृतिक परम्पराको उच्चता’

गुरुप्रसाद शर्मा रेग्मी

हाम्रा ऋषिमुनिहरुले चलाएको सांस्कृतिक परम्परा कति वैज्ञानिक र स्वास्थ्योपचारको लागि कति उपयोगी रहेछ भन्ने कुरा न कहिले सोच्न र मनन गर्न चाहयौ । बरु यस्तो उपयोगी सत्यलाई उनोपयोगी भनेर उपेक्षा गर्दै गयो । त्यसमा विकृति र वितृष्णा गर्दै गयो ।

आज त्यही हाम्रा पुर्खाले निर्माण गरेको सांस्कृतिक परम्पराको उच्चता र सार्थकतालाई विभिन्न विदेशका विश्वविद्यालयहरुको प्राध्यापकहरुले गरेको अनुसन्धान र खोजीलाई हेर्दा आश्चर्य चकित हुन परिरहेको छ । चाहे दिशा पिसाव गर्दा कानमा जनै लपेट्ने कुरा होस्, या भजन किर्तन गर्दा थपडी मार्ने कुरा होस् ।

चाहे गायत्री मन्त्र जप्ने कुरा होस् या ध्यान गर्ने कुरा होस्, यी सबै कुरा मानवीय जीवनको स्वास्थ्योपचारको लागि कति उपयोगी र जीवन सार्थक बनाउने उपचारका विधि रहेछन् भन्ने कुरा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले अनुसन्धान गरेर देखाइदिएका छन् ।

तर, हामी आश्चर्य चकित भए पनि विश्वास हनु सकेका छैनौँ । यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन सक्छ । हाम्रो सांस्कृतिक परम्पराप्रति सचेत र सजग हुन सकेनौँ भने वैदिक सनातन धर्म नै ओझेलमा पर्ने सम्भावना देखिन थालेको छ ।

लन्डनको क्रिन एलिजा वेथ अस्पतालका प्रोफेसर र इटलीको न्यूरो सर्जन प्राध्यापक एनारिका विरोजेलीले गर्नु भएको कानमा जनै लपेटेर दिशा पिसाव किन गरिएको रहेछ भन्ने कुराको रिपोर्ट हेर्दा यो परम्परा किन चाइएको रहेछ भन्ने मात्र ज्ञान नभएर यतिबेला लन्डनको क्रिन एलिजा वेथ अस्पताल र इटलीको अस्पतामा यही विधि अपनाएर दिशा पिसाव जस्ता रोगहरुको उपचारमा उपयोग गरिरहेका रहेछ ।

मानिसलाई दिशा पिसाव सम्बन्धी हार्मेया, प्रोस्टेज, कब्जियव, रक्तचाप मूत्रथैलीको द्धार खुल्ने जस्ता दिशा पिसावका सबै रोगहरु उपचारको लागि कानमा जनै लपेट्ने, या धागो लपेट्ने या कानको लोखी तानेर उपचार गर्ने गरिएको उल्लेख देख्दा तागाारी सबै आश्चर्य चकित हुने । जनै फालेर आधुनिक बन्न खोज्ने तानाधारीलाई पछुतो हुन नपरोस् भनेर जानकारी गराउने प्रयास गरेको छ ।

यतिबेला क्रिन एलिजावेथ अस्पताल र इटलीको अस्पतालमा कुनै पनि दिशा पिसाव बिरामीहरुलाई कानमा जनैमा डोरी लपेटेर या कानको लोखी तानेर औषधी गर्ने अवस्थालाई विशेष प्राथमिकता दिएर उपचार गर्ने गरिएको कुरा उल्लेख गरिएको छ ।

बिरामीलाई कमोटको सट्टा ग्यासमा थुकुच बसाली दिँदा पिसाव गराउँदा जनै जोरी या कानमो लोधि तानेर औषधी गराउने गरिएको छ तर, के गर्ने अदुवा बेचेर सुटो किन्ने हामी तागाधारीको लागि यो भन्दा ठुलो पाठ अरु के हुनसक्छ ।

यस्तै हाम्रो संस्कृति र परम्पराका धेरै यस्ता कुराहरु छन् जसमा विकृति र विसंगतिहरु थपिँदै गएका छन् । जसले गर्दा यसको औचित्यता झनपछि झन ओझेलमा पर्दै गएको छ ।

एक किलो घ्यू होम गर्दा १० टन अक्सिजन उत्पन्न भएर एक लोटको मिटरको वर पिपल को प्रदुषित वातावरणलाई नियन्त्रण गर्ने गएकाले भात खाने बेला तागाधारीले घ्यूमा भात मुछेर अग्निमा होम गर्दा निस्केका धुवाको हटाउने भएकाले त्यस्तो मरिन्थ्यो सायद वर्तमानको गेस र करेन्टको भासामा त्यो सम्भव नहुने भएकाले बन्द हुन भएको हो जस्तो लाग्दछ ।

हाम्रो गायत्री मन्त्रलाई के सिद्ध गरिएको छ भने संसारका सबै मन्त्रहरुको अनुसन्धान गर्दा सबैभन्दा उच्च उपयोगी उर्जा उत्पादन गर्ने गायत्री मन्त्र नै रहेछ । त्यसबाट एउटा अनौठो उर्जा उत्पन्न हुदो रहेछ । यसको लागि मन्त्रको उच्चाहरण शुद्ध हुन पर्दछ । गर्मीको दिनमा हिडेको बटुवालाई पिपलको चौतारीमा बस्दा जस्तो एउटा अनौठो आनन्द प्राप्त हुन्छ । त्यस्तै यो मन्त्रको शुद्ध उच्चाहरणले त्यति आनन्द लिन सक्दछ ।

यसैगरी भजन किर्तनमा थपडी मार्नुको औचित्यता खोज्न कही जानु पर्दैन । तीन दिनसम्म ५ मिनेट साँझ बिहान थपडी मार्नुस् जसले गर्दा तपाईका नसाहरु चलाइमान भएर तपाईलाई अनौठो अनुभूति दिँदैछ ।

त्यसैले हाम्रा संस्कार, संस्कृति, परम्परालाई रुढीवादी भनेर अपेक्षा नगरौँ । त्यसको उचित सुरक्षा र संरक्षणमा लागौँ । यसो गरेनौँ भने भोलि हाम्रो धर्म संस्कृति र परम्परा के हो भनेर खोज्नु र जान्न विदेशका विश्व विद्यालयमा जाने अवस्था नबनोस् ।