रफिकोलको तिज मिलन कार्यक्रम

तुलसीपुर, ३१ साउन । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुरको तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । गुरुजजुर माध्यमिक विद्यालयको दृष्टिविहिन छात्रावास तुलसीपुर–३ रानागाँउमा तिज मिलन कार्यक्रम गरिएको सदस्य ध्रुव गौतमले जानकारी दिएका छन् ।

महिलाहरुको महान पर्व हरितालिका तीजको शुभ अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले चाडपर्वहरुलाई सव्य र भव्यरुपले मनाउनु पर्ने बताएका थिए । युवा तथा महिला उपसमिति संयोजक मञ्जु आचार्यको अध्यक्षता जिल्ला सहकारी सघका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेस दाङका पूर्व सभापति किर्तीबहादुर खड्का, संस्थाका सल्लाहकार मानबहादुर डाँगी, पूर्व अध्यक्ष सुरेन्द्र बहादुर खड्का वडा नं. ३ का वडा सदस्य राजेन्द्र गुरुङलगायतले बोलेका थिए ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले कार्यक्रम सफल पार्न सहयोग गर्ने ध्रुव गौतमलगायत सवैलाई धन्यवाद सहित सहकारी संस्थाको वारेमा आफ्नो भनाई राखेका थिए । संञ्चालक समितिका सदस्य भावना गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण युवा तथा महिला उपसमितिका सदस्य ऋषि भण्डारीले गरेका थिए । सो अवसरमा दृष्टि विहिनहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरेका थिए । दृष्टि विहिन विद्यार्थी सहित ८० जनाको सहभागीता रहेको थियो ।