बिएनफुड प्रोडक्टको किर्तिपुरमा शाखा विस्तार

दाङ, २९ साउन । दाङको घोराहीमा रहेको बिएनफुड प्रोडक्टले शाखा काठमाडौमा खोलेको छ । काठमाडौंको किर्तिपुर–५ मा विहीवारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

दाङ जिल्लाका विभिन्न स्थानमा शाखा स्थापना भएर सञ्चालनमा रहेका छन् । शाखाको कीर्तिपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् । कोसेली ब्रान्डको कोदो तथा अन्य उत्पादन हुने सञ्चालक नरेशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सुफथ मुल्यमा स्वास्थ्यका लागि लाभदायक कोसेली ब्रान्डको कोदोलगायतका उत्पादन बिक्री गर्ने गरि शाखा कार्यालय सञ्चालनमा ल्याइएको बताएका हुन ।