सुभाष न्यौपाने
प्रजातन्त्र लोकतन्त्रको नामको सत्ता रोहन ।
त्यसैले गरेको छ मुलुकमा राज्य दोहन ।।
के बाँकी राखेर सत्ताधारीले यो राष्ट्रमा ।
चिजिट भिषा शरणार्थी गिरीबन्धुको सन्देशमा ।।
सहकारी ठगी भ्याए सत्ता आरोहित भए ।
एउटा बपुरोलाई खेदेको खेदेई गरे ।।
प्रजातन्त्र लोकतन्त्रको नाममा दलहरुले जति सत्ता आरोहन गरेका छन् । त्यो सबै राष्ट्र दोहनका निमित्त गरेको पुष्टि भइसकेको छ । लोकतन्को उपहास गर्दै लोकतन्त्रको सर्वमान्य मान्यतालाई स्खलित गर्दै राज्य दोहनका निमित्त कुन अस्त्र प्रयोग गर्न बाँकी राखे, त्यो सबै तथ्याङ्क जनतासँग छ ।
आफ्ना कुकृत्यकाललाई जनविरोधी सत्ताको व्याख्या गाली गलोज पूर्ण तरिकाले सम्बोधन गर्न र अपमान गर्न कत्ति पनि पछि परेका छैनन् । जनतालाई थाहा छ कि अर्को चोरलाई गाली गर्दैमा यो चोर साधु हुन सक्दैन् एजेण्डठा मिल्दाका बखत यी दुवै चोर एउटै हुन् । राज संस्थाले निलम्बन गरेको नागरिक स्वतन्त्रता लोकतन्त्रले फुकवा गरेको छ भन्दैमा तिमीरुलाई पनि लुट्न दिनुप¥यो ?
उनले बोल्न दिएका थिएनन् भने तिमीहरुल्े जनतालाई खान नदिने भयौ । बोल्ने नदिने भन्दा त खान नदिने अपराधी हो, अझै पनि तिमीहरुलाई नै राज्नु पर्ने ? यही परिस्थितिमा तिमीहरुलाई रोज्नु भनेको त जनताले अपराध रोज्नु हो । जनताले जति नै अवसर दिए पनि तिमीहरुको बुद्धिको बिर्को खुलने अब जनताले के गर्ने ?
तिमीहरु सँगको साथ छोड्ने भन्दा अर्को उपाय छैन । पछिल्लो समयमा आएर रवि फेरि थुनी कारबाहीमा परेका छन् । यस विषयमा जनता फेरि सत्ताधारी तथा यी ठुला दल भन्नेहरुसँग आक्रोसित बनेका छन् । जनताको आक्रोशको कारण हो ऋपिकेश पोख्रेल र धनराज गुरुङ माथि पनि त आरोप छ उनीहरु माथि के कस्तो कारबाही भइरहेको छ त्यसबारे जनताले थाहा पाउनु प¥यो, जिवी राईलाई किन गिरफ्तार नगरेको ? भन्ने प्रश्नहरु धेरै छन् ।
रविले मैले आफ्नो भागको रकम फिर्तँ गर्छु भन्दा पनि किन थुनेर राख्ने भन्ने विषयमा जनआक्रोश बढेको छ । यिनीहरु राज्य दोहन कै निमित्त सत्ता आरोहन गर्ने भएको हुँदा रवि माथि प्रतिशोध पूर्ण न्याय थुपारिरहेका छन् भन्ने कुरामा आक्रोशका साथ स्पष्ट छन् । विभिन्न
संवैधानिक निकाय सदन, सांसद तथा अदालत समेत राज्य दोहन कार्यमा संलग्न हुन थालिसकेपछि यो मुलुकमा के को न्यायको आशा गर्नु भने जनस्तरमा एउटा निष्कर्ष पूर्ण सोचाई आइसकेको छ तर राज्य सत्ता यस विषयलाई चीर्ण भन्दा यही र यस्तै घटनालाई बढावा दिएर राज्य दोहनको पुष्टि गरिरहेको छ ।
राजनैतिक नेतृत्वले राजनैतिक गतिविधि र शासन सत्ता सञ्चालन कार्यलाई मुलुक ठगि खाने आधारको रुपमा उनीहरुको गतिविधिले पुष्टि गरिसकेपछि जनतालाई के कुरा स्पष्ट भएको छ भने लोकतन्त्र प्राप्ती पछिका हरेक सत्ता आरोहणकर्ता दलहरु राज्य दोहनका निम्ति लाग्दा रहेछन् भन्ने छ । मुलुमा आइपुग्दा देखिएका राजनैतिक गतिविधि र प्राप्त तथ्याङ्कहरुको अध्ययन गर्ने हो भने हरेक दलको सत्ता आरोहण राज्य दोहन भई अल्झिएको छ ।
साच्चै भन्ने हो भने हाम्रो नेपालको राज्य सत्ता त राज्य आतंक मच्चाएर लुट गरेर खाने प्रवृतिको निकाय जस्तो देखिएको छ । सरासरी रुपमा राज्यले नागरिक माथि आतंक मच्चाइरहेको देखिन्छ । राज्य आतंकबाट नागरिक राज्य विरुद्धमा उत्रिए भने आन्दोलन हुनसक्छ, आन्दोलनले परिणती प्राप्त गर्न सके परिवर्तन हुनसक्छ फालिन सक्छ, यति राज्य विघटन गर्न जनताले सकेनन् भने उनीहरुले आवधिक निर्वाचनमा आफ्नो उपस्थिति देखाइदिन्छन् ।
राज्य सत्ता तानाशाह बन्न खोज्यो भने जनता विद्रोही हुन्छन् । राज्य मनपरितन्त्रमा उत्र्न खोजे जनता प्रतिवाद गर्न आउँछन् । बहु दल प्राप्ती पछिको नेपालको शासन पद्धति जन अपेक्ष् ाा विरोधी जसलाई शासकहरु सुशासनको व्याख्या गर्छन् भने तिनीहरुको प्रवृति राष्टभार र राज्य दोहनको रह्यो ।
मुलुकमा प्रजातन्त्र लोकतन्त्र प्राप्ती पछिका सबै सरकारहरु जनपक्षीय रहेनन् । ४८ को आम निर्वाचनमा एकल बहुमत प्राप्त गरेको नेपाली कांग्रेस आफ्नै दलका सांसदको कारण नीति तथा कार्यक्रम पास गर्न नसकेर जसरी मध्यावधिमा गयो त्यसपछि सांद सदन र सत्ता रोहन मुलुक दोहनकै निमित्त स्थापित हुन पुग्यो । त्यसपछि राज्य दोहनको आकार आकृति बढ्दै गएको स्पष्ट भइसकेको छ ।
पछिल्लो समयमा आएर दलहरु बिचको गठबन्धन युक्त सत्ता रोहन त सबैभन्दा खतरनाक रुपमा राज्य दोहनमा उत्रिएको पाइयो । यस्ता अपराध युक्त गतिविधिहरुलाई पनि उनीहरु राष्ट्र र जनताका निमित्त भनेर सम्बोधन गर्न लाज मान्दैनन् वर्तमानमा नेपालको राज्य सत्तामा सदनमा रहेका पहिलो र दोस्रो दुर्ए ठुला दलले सत्ता सञ्चालन गरेका छन् । यो सन्दर्भ अत्यन्त दुर्भाग्य पूर्ण छ ।
मुलुकमा अधिनायक वाद हाबी भएको छ । भ्रष्टाचार मौलाएको छ । दलका नेता भन्नेहरु लुटेर खान पाएनन् भने उनीहरुलाई राज्य सत्ताको स्वाद नै नआउने भइसक्यो । त्यसैले उनीहरु राज्य दोहन गरेको सत्तालाई सत्ता नै मान्दैनन् । मुलुकमा लोकतान्त्रिक संविधान लागु भएपछि संविधानको लागु भइसकेपछिका सबै निर्वाचनले गठबन्धन युक्त सरकारको गठन गर्नु पर्ने बाध्यात्मक स्थिति बनाएको छ । जो संविधानको मर्म अनुसार नै हो ।
संविधान लेखनको अवस्थाले नै बुझाउँछ । कि यस्तो खालेको मिश्रित निर्वाचन पद्धतिबाट कुनै पनि राजनैतिक दलले एकल बहुमत हासिल गर्न सक्दैनन् । यो निर्वाचन पद्धति नै सबैभन्दा घातक पद्धति हो । जसले राज्य दोहनका निमित्त ठुलो टेवा पु¥याएको छ । ०७२ को संविधान जारी भइसकेपछि जति–जति निर्वाचन अभ्यास बढ्दै गयो ।
उति–उति दलीय गठबन्धन र राज्य दोहनका अमर्यादित राष्ट्रघाती बाटाहरु राजनैतिक दलहरुले खोल्दै गए, जसको कारण सत्ताधारीहरुबाट राज्य दोहनको स्थिति भयावह बन्दै गयो । बहत्तर सालको संविधान जारी भएर कार्यान्वयन हुँदै गर्दा मुलुकमा विभिन्न किसिमका अपराध पूर्ण घटनाहरु क्रमश दोहरिँदै गए निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको खोज अनुसन्धान कार्य नेपाल प्रहरीले एउटा मानसिक सन्तुलन गुमेको युवा माथि लगेर खन्यायो कस्तो अनुसन्धान क्या अनुसन्धान ? खास अपराधी पुलिस प्रशासक तथा मन्त्री कसको छोरो थियो ।
त्यसलाई पुलिस आफै सलोट गर्दै लुकाइरहेको छ, भन्नु्ि यसभन्दा ठुलो राज्यको कानुनको दोहन के हुन्छ ? माथिका सबैखाले राजनैतिक, आर्थिक र कानुनको दोहन यो मुलुकमा प्रजातन्त्र र लोकतन्त्रकै नाममा भएको छ । हरेक भिजिट भिषा गृहमन्त्री, प्रधानमन्त्री र सुरक्षा र प्रशासनको सहमति बिना हुन सक्दैन तर त्यस विषयलाई स्वीकार्ने कुनै पनि गृहमन्त्री छैन ।
अब भन्नोस् यो दोहन होकी होइन ? भुटानी शरणार्थी काण्ड कसले घटाएको हो भने रास्वपा संसादहरुले सदनमा टेवुल ठोकर भन्छन् सरकार र सत्तासिन दल टवाल्ल परेर हेरिरहन्छन् । उनीहरुसँग न त जवाफ छ न त दाबी छ । घटना त उनीहरुले नै घटाएको हुन् त्यसको के जवाफ नाजवाफ हुनु बाहेक । पछिल्लो पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति नियुक्ति प्रकरण पनि सत्ता र दलको राज्य दोहनको पछिल्लो प्रमाण हो ।
कुनै पनि प्राज्ञ क्षेत्रमा नियुक्ति गर्दा बचन दिएकालाई छान्नेकी क्षमता भएकालाई ? बचन दिएकालाई रोज्ने भनेकै राज्य दोहन हो त्यहाँ घुस छ, भ्रष्टाचार छ । राजनीति कै कारण मुलुकले दुरदशा भोगिरहेको छ । वर्तमान राजनीतिप्रति जनताको वितृष्णा उत्पन्न भइरहेको छ ।
पुराना र ठुला भन्ने राजनैतिक दलहरुप्रतिको जनविश्वास गुम्दै गइरहेको छ तर पनि राज्य सत्ता सञ्चालनहरु अझै पनि राज्य दोहनको अवसर खोजिरहन्छन् । राजा र राणालाई सामन्त भन्दैमा यिनीहरु जनपक्षीय बन्न सक्दैनन् । किनभने यिनीहरुसँग राष्ट्र र जनताप्रतिको जवाफदेहिता देखिएन । यिनीहरुले अझै पनि चेतेका छैनन् ।
जनताले यिनीहरुलाई दिएको विश्वासको मत फिर्ता लिइसकेका छन् । त्यो कुरा त फेसर निर्वाचन आयो भने मात्र प्रष्टेला । सत्ता रोहन र राज्य दोहन गर्नेहरुले जति नै फुर्ति गरे पनि राजनैतिक संस्कारको विकास गर्न सकेनन् । अझै पनि प्राज्ञ क्षेत्रको नियुक्तिको सन्दर्भमा कसैलाई बचन दिइसकेको छुँ भनेर पन्छिन खोज्छन् र क्षमता भएकालाई गुमनाम राख्न खोज्छन् त्यो सबै घुस भ्रष्टाचार अर्थात् राज्य दोहनकै कारण त्यस्तो गैर जिम्मेवारपूर्ण जवाफ आएको हो ।
संसारले नेपालका प्रजातन्त्रको जननीको रुपमा चिनेको नेपाली कांग्रेसका सभापतिको त यस्तो गैर जिम्मेवार पूर्ण जवाफ आउँछ भने सर्वहाराको नाममा शासन गरेर तीनै सर्वहारालाई ङयाकन पल्केका अधिनायकवादी कम्युनिष्टहरुको खैया झन कस्तो होला ? जनताले हाशा गरेको कांग्रेस कहिले तीनका बुइँ चढ्छ त कहिले तीनैलाई बुइँ चढाएर हिड्छ ।
सत्तामा पुगेका सबै राजनैतिक दलहरु कोही दिेश एजेण्टा छन् भने कोही राज्य दोहनमा माहिर छन् । विदेशी एजेण्टा नभएका त कुनै राजनैतिक दलमा एकाद होलान् त हैन भने सबैजसो नेताहरु उनीहरु कै एजेण्टा भएको जनताले महसुस गरिसकेका छन् । चाहे रवि हुन् या रमेह तराजुमा कत्ति पनि तलमाथि छैनन् ।
बालुवाटार र शरणार्थी प्रकरणमा सत्ता गठबन्धनमा रहेका ठुला दलहरु कुनै बाँकी रहेनन् भने सहकारी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने ठगको अग्रपंक्तिमा देखिए कानुन बमोजिमको कारबाहीमा जनताको गुनासो छैन तर रवि एकल खेदाइमा परेको विषयमा जनतालाई चित्त बुझेको छैन । अन्य अभियुक्तहरुलाई कुनै वास्ता नगरी केवल रविप्रति मात्र राज्य सत्ता लागि परेको भन्ने गुनासो तथा आक्रोश पनि जनतामा बढ्दै गइरहेको छ ।
तिमीहरुको राज्य र कानुन दोहनको विरुद्धमा आफ्नो प्रतिक्रिया व्यक्त गर्नलाई नै अधोगतिमा लैजाने छ होस् गर । तिमीहरुलाई अधोगतिले तानिरहेको हुँदा तिमीहरुको न त मति सुध्रन्छ न त विवेक नै आउने छ । सरकार आफूले गर्ने र आफ्नो दायित्व पूर्ण कार्यप्रति सजग र सचेत रहनु पर्नेमा संविधानको मर्म विपरितका कार्यहरु गर्नमा उद्देत रहेको पाइन्छ ।
संविधानको मर्म विपरित यदि सरकारले आम नागरिकका कल मेजेस र अन्य कुराकानी नियन्त्रण र निगरानी राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धी विधेयकको मसौदा अनुसार कानुन बनेमा यो भन्दा ठुलो नागरिक अधिकारको दोहन के हुन्छ । यो सरकार पनि सुशासन युक्त नागरिुक सरकार रे । सत्ताधारीहरु नै राज्य दोहनमा संलग्न हुनेहरुमा सायद नेपाल अग्रपंक्ति मै पर्छ कि क्या हो ।