युवराज शर्मा
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको झट्का नेपाललाई चैत ११ गतेदेखि लाग्यो । त्यस समयमा नेपालमा संक्रमित थिएनन् । कोराना भाइरस के हो ? भन्ने विषयमा धेरैलाई ज्ञान थिएन । सरकारी स्तरबाट यसबारेमा नागरिकलाई चेतना जगाइएको थिएन । लकडाउन के हो ? विषयमा नागरिकले थाहा पाएनन् । बेलुकी ५ बजेपछि घुमफिर गर्न सडकमा नागरिक निस्केपछि नेपाल प्रहरीको गाली र फट्कार सहनु परेको थियो । यस विषयमा प्रहरीहरुलाई चेन अफ कमाण्डले सडकमा हिडडुल गर्न नदिनु र नमान्नेलाई थुन्नु भनेको आदेश पालन गर्दै प्रहरीहरुको जत्था जागेपछि मात्र सरकारले कोरोना भाइरस सरुवा रोग हो । यसको उपचार विधिमै लकडाउन हो । आफू सुरक्षित हुने र अरुलाई सुरक्षित पार्ने वातावरण बनाउन नागरिकलाई निर्देश गरेको थियो । तब मात्र नागरिकले प्रहरीको निगरानी नागरिकको सुरक्षाका लागि हो भन्ने बुझेका थिए । त्यो पनि सहर बजार क्षेत्रहरुमा सीमित भयो । गाउँघरमा गाउँलेहरुले अझै लकडाउन के हो ? बुझेका छैनन् । भन्छन्– कतै खेतीपती गर्न नपाइने त होइन ?
भारतमा नोकरी गरेर कमाउन गएकाहरु धमाधम घर फर्कन लागे । चैत सुरुका दिनमा गाउँ आउनेहरुको लर्को लाग्यो । भारतमा कोराना भाइरस बढ्न लागेको भन्दै ट्रेन र बस याताया बन्द हुने हल्ला चल्यो । धेरै नागरिक भागाभाग गर्दै घर फर्केका थिए । भारतले चैत पहिलो सातादेखि लकडाउन ग¥यो । सबै प्रकारका यातायातहरु बन्द ग¥यो । त्यसपछि भारतमा विदेशी र स्वदेशी मजदुरहरुमा घर फर्कने सोचाई भयो । भारतले नेपाल सीमाना बन्द ग¥यो । आवागमन सहज भएन । पैदल याता गर्न मजदुरहरु वाध्य भए । खाने बस्नेको अत्तोपत्तो देखिएन । नेपालले पनि सीमानाका बन्द गरेको सूचना ग¥यो । तर सीमानाका खुल्लमखुला भएको हुँदा भारतीय नागरिक नेपाल पसे, अझै पनि पसिरहेका छन् । नेपालमा कोरोना भाइरस भिœयाउनेहरु भारतीय नागरिक नै धेरै छन् । त्यसमा मुस्लिम बढी छन् । उनीहरु दिल्लकिो निजामुद्दीन जमातीवर्गको सभामा भाग लिएर नेपाल पसेका हुन् । यिनीहरुको संरक्षण सीमा क्षेत्रमा बसेका मुस्लिमहरुले गर्दै आएका छन् ।
लकडाउन के हो ? नागरिकलाई मात्र होइन सुरक्षा निकाय, राजनीतिज्ञ र दलहरुका संगठनात्मक संरचनाका पदाधिकारीहरुलाई प्रायः थाहा छैन भन्न सकिन्छ । किनकि उनीहरुले रोग नियन्त्रण गर्ने प्रविधि, उपकरण, जनशक्तिको परिचालन र व्यवस्थापन समयमा गर्न नसकेको उदाहरण दिएका छन् । उनीहरुको सोचाईमा लकडाउन गरेपछि नागरिक घरमा बस्छन् र हाम्रो रस्साकस्सी राजनीतिक क्षेत्रमा उग्र बन्छ भन्ने थियो । त्यस्तै वातावरण बनेको छ । भनिन्छ कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिरको दृश्य नेताहरुले देखाइरहेका छन् । लकडाउनको अर्थ यस्तो होइन । लकडाउन भनेको मान्छेको आनीबानीमा परिवर्तन त्याग्नु हो । तर नेताहरुको आनीबानीमा परिर्वन आएन । कुर्सीमोह बढेको पाइयो ।
विद्यार्थीहरुका लागि लकडाउनले के देखाएको छ भने उनीहरुले पढाई, अनुशासन र आदतमा सुधार गर्नुपर्ने छ । गाउँघरका विद्यार्थीहरु खेतीपातीको काममा लागे भने सहर बजारका विद्यार्थीहरुले घरमा बसेर टिभीमा कार्टुन हेर्ने, मोवाइलमा गेम खेल्ने र आपसमा घर परिवारसँ झगडा गर्ने बानीको विकास गरे । जसलाई बाबुआमाले सुधार गर्न सकेको अवस्था पाइएन । उनीहरुका बुबाआमालाई घर खर्च कसरी धान्ने ? सोचाई भयो । सहरबजारका घरघरमा शान्तिको वातावरण भएन । गाउँघरमा शान्ति देखिए पनि विदेशबाट गाउँ आएका व्यक्तिहरुसँग त्रासमा बस्नु प¥यो । भय र त्रासको वातावरण देखियो । बृद्धबृद्धा र दीर्घरोगीहरुले औषधि पाएनन् । अकालमा मृत्युको भय बढ्दै गयो । औषधिको व्यवस्था आफै गर्नुपर्ने वाध्यता भयो । गृहिणी महिलाहरुले खाद्यवस्तुको गुणस्तरीयता पाएनन् । काम गरी खाने मजदुरहरुले कम गर्न पाएनन् । गरेको काम वाफतको ज्याला पनि पाइनन् । भोकभोकै पैदल हिडर १२ दिनमा घर आए तापनि घरमा बस्न पाएनन् । क्वारेन्टाइनमा बस्नु प¥यो । क्वारेन्टाइन भनेको एकान्तवास हो । बालबालिकाले मानसिक यातना भागे । अबोध अवस्थामा दुःखको अनुभव गरेका थिए । तर पहुँच र सम्बन्धको शक्ति राज्य सरकारमा भएकाहरुले मजदुरमाथि देखाएका थिए । विभेदको वातावरण बनाएका थिए ।
संस्थागत स्कूलहरुले अनलाइनबाट पढाउने व्यवस्था गरेर विद्यार्थीहरुलाई मोवाइल किन्न वाध्य पारे भने विद्यार्थी भर्नाको लहर ल्याएर अभिभावकबाट शुल्कको रकम अशुलने काम गर्न पछि परेनन् । पढाई जेसुकै होस्, विद्यार्थीहरु अनुशासित नबने पनि केही छैन । उनीहरुको आदतमा परिवर्तन आएर संस्थापकहरुलाई के फाइदा हुने भयो ? होला भन्ने आशा पनि छैन । भन्छन् – हामीलाई पैसा भए पुग्छ । विद्यार्थीहरुमा ज्ञान र सीपको विकास गराउने ठेक्का होइन । अभिभावकले पढाउने रहर मात्र गर्नु पर्छ । धेरै पैसा खर्च गरेर बालबालिकालाई पढाए पनि डाक्टर, इञ्जिनियर, अन्वेषक र प्रोफेशर बन्ने होइनन्, फेश गर्न जान्ने छन् । विदेशहरुमा गएर काम गर्ने मोह बढाउने छन् । दासत्व स्वीकार गर्ने छन् भने स्वदेशप्रति घृणाभाव जगाउने छन् । नेपालमा बसेर सुख–दुःख गरी खेतीपाती गर्नेउहरु घृणित बन्ने छन् । गरिबी बढ्ने छ । कृषि व्यवसायबाट नोक्सानी व्यहोर्नुपर्ने छ । कृषकवर्गले आर्थिक र सामाजिक क्षति व्यहोर्नुपर्ने समय हुने छ । महामारी रोग कोराना भाइरस भएका मान्छेहरु धमाधम नेपाल भित्रने छन् । यहाँका रैथानेहरुले कोरोना क्षेत्र भन्दै उनीहरुलाई लकडाउनको पीडा भोगिरहनुपर्ने छ । यस्तो वातावरणमा नेताहरुले अवसरको फाइदा उठाउँदै जाने छन् । नागरिक भोक र रोगको पीडामा तड्पिरहने छन् । उनीहरु जन्मेदेखि मृत्यु हुँदासम्म ठूलो पीडाबोध गर्ने छन् । यस्तो अवस्थाको वातावरण देखिँदै छ ।
लकडाउन के हो ? यसलाई कसरी लागू गर्ने ? निर्णयकर्ताहरुले ज्ञान गर्न सकेनन् । समान देशको लकडाउन विधि अपनाए । तर उपचार विधि, सुरक्षा प्रबन्ध, स्वास्थ्यकर्मीको परिचालन, औषधि र उपकरणहरु, प्रयोगशाला आदितर्फ त्तयान गएन । अहिले पनि धेरै ठाउँहरुका अस्पतालहरुमा किटहरु छैनन् । परीक्षणमा समस्या थपिएको छ । तर कोरोनाका रोगीहरु धेरै भारतीय नागरिक र विदेशमा धनकमाउनेहरु भए । दुःख र दर्द नेपालीले भोग्दै छन् । यस्ता रोगीहरुलाई एउटै ठाउँको अस्पतालमा थोपरेर उपचार गर्नुपर्छ । नेपालको जमिनमा गरिखानेहरुलाई काम गरेर खाने वातावरण बनाउनु वर्तमान सरकारको दायित्व हो । यसमा सम्बन्धित निकायहरुको ध्यान पुग्न सकेको छैन । समयमा नीतिगत सुधार नगरेमा नेपाली भोक र रोगको चेपटामा पर्ने बलियो समभावना छ । समयमा ध्यान नदिए अर्को वर्ष भोकभोकै बस्नुपर्छ । अहिले ग्रीन, ओरेञ्ज र रडजोनको विभाजन गरेर नागरिकलाई मानसिक र शारीरिक कष्ट पु¥याउनु हुन्न । जहाँ घाउ छ त्यहाँ उपचार गर्नुपर्छ । घाउ नभएको ठाउँमा मल्हमपट्टी बाँध्नु राम्रो होइन । यति लामो लकडाउनमा गरी खानेहरुको मनमा शान्ति छैन । नेपाली भोकले मर्ने छन् तर कोरोनाले मर्ने छैनन् । डुलुवा र भुलुवा नेपालीको लागि छुट दिने, खेतीपातीमा निर्भर भएका नागरिकलाई आवागमनमा बाधा पु¥याउनु राम्रो भएन ।