प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन

दाङ,२८ साउन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मीको टोलीले बुधबार एक जना बिरामीको ब्रेन ट्युमरको सफल अप्रेसन गरेको हो ।

बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले यसैबर्ष न्युरो सर्जरी सम्बन्धि सबै उपकरण ब्यबस्थापन हुने बताए । उनले न्युरो सर्जरी सम्बन्धि उपकरण खरिद गर्न सरकारले १४ करोडको बजेट बिनियोजन गरेको जानकारी दिएका छन ।

त्यस्तै रजिस्ट्रार लम्सालले मुटु रोग उपचारको लागि १० करोड क्याथ ल्याब मेसिन खरीद भएको र भदौमा जडान हुने बताए । साथै उनले ४ अर्ब ५१ करोड लागतको ४ शैयाको अस्पताल भवन न यसै आबमा निर्माण शुरु हुने बताए ।