वडा सभापति बुढाथोकीलाई जोडिएको घट्नाप्रति ध्यानाकर्षण

दाङ,२६ साउन । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–३ का सभापति शरद बुढाथोकीको नाम जोडेर विभिन्न सञ्चार माध्यममा आइरहेका समाचार र सामाजिक सञ्जालमा आएका विषयप्रति नेपाली कांग्रेस दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घट्नामा वडा सभापति बुढाथोकीको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । प्रेस विज्ञप्तिमार्फत जिल्ला सभापति डाँगीले वडा सभापति बुढाथोकीको कुनै संलगनता नहुँदा नहुँदै पनि राजनीतिक पूर्वाग्रह राखी बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा बाहिर ल्याइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

साथै कांग्रेस दाङले घट्नाको सत्यतथ्य बुझेर समाचार प्रकाशन÷प्रशारण गर्न आग्रह गर्दै तथ्यहीन समाचार र सामग्री प्रकाशन नगर्न सबैमा अनुरोध गरेको छ ।