इन्जिनियर र लेखा अधिकृतलाई स्वागत

प्रमोद आचार्य
दंगीशरण, २६ साउन । दंगीशरण गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा सरुवा भई आएका लेखा अधिकृत ध्रुवराज न्यौपाने र इन्जिनियर अर्जुन श्रेष्ठलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरी उनीहरूलाइ स्वागत गरिएको हो । परिवर्तन गाउँपालिका रोल्पाबाट न्यौपाने र सुनिलस्मृति गाउँपालिका रोल्पाबाटा इन्जिनियर श्रेष्ठ सरुवा भई दंगीशरण गाउँपालिकामा हाजिर भएका हुन् ।

स्वागत कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का, वडाध्यक्ष तथा जनप्रतिनिधि र कर्माचारीको उपस्थितिमा भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले आफू गाउँपालिकालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त गाउँपालिका निर्माणको अभियानमा लागेको बताए । यस अभियानमा कर्मचारी तथा जनप्रतिनिधिको सहयोग रहने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले गाउँपालिका सबैको साझा थलो भएकाले गाउँपालिकालाई समृद्ध बनाउन कर्मचारीहरू सेवाभाव अनुरूप कामकारबाही गर्नुपर्ने बताइन् । लेखा अधिकृत न्यौपाने र इन्जिनियर श्रेष्ठले आफूहरू आफ्नो काम र कर्तव्यप्रति प्रतिबद्ध रही पालना गर्ने बताएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिका प्रशासकीय अधिकृत सुदीप डाँगीले गरेका थिए ।