हाम्रो दाङ : हाम्रो गौरव
हामी आजदेखि २१औँ वर्षमा प्रवेश गरेका छौँ । गोरक्ष राष्ट्रिय दैनिक पत्रिकाले विगतका वर्षहरुमा जस्तो ठुला कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन असमर्थ रहेको पनि जानकारी गराउँछौँ । विश्वव्याधी कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वव्यापी अर्थतन्त्रमा प्रभाव प¥यो ।
हामी पनि त्यसको प्रभावमा प¥यौँ। त्यसपछि विश्व अर्थतन्त्र उस्कने हाम्रो अपेक्षा थियो तर यही बिचमा रुस र युक्रेनको सशस्त्र युद्धले फेरि विश्वको अर्थतन्त्र प्रभावित भएको छ । परनिर्भरमुखी अर्थतन्त्र भएका मुलुकहरु यसबाट गम्भीर प्रभावित भएका छन् । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । हाम्रो एक मात्र मिसन भनेको पारदर्शिता र सुशासन हो । सङ्घीयताको अभ्यास गरिरहँदा कहीँकतै सुशासनमा केही समस्या आएको हामी सबैले देखेका छौँ । तैपनि मुलुकलाई सही गन्तव्यमा लग्नु हामी जस्तै आम सञ्चार क्षेत्रको दायित्व हो ।
लोकतन्त्रको पहरेदार सञ्चार माध्यम हो । हामीले त्यहीँ भूमिका निर्वाह गर्दै आएका छौँ । यसै क्रममा सञ्चार क्षेत्र कहीँ कतै विचलित भएको पनि हामीले पाएका छौँ । तैपनि सङ्घीयताको अभ्यासमा हामी कतै विचलित हुने छैनौँ । पछिल्लो समयमा सूचना प्रविधिको अधिकक्तम विकाससँगै आम नागरिक सामाजिक सञ्जाल मार्फत् सो पत्रकारीता पनि गरिहेको अवस्था छ । यसमा हामीहरूले पत्रकारीताको आधाकारिता पनि खोज्न जरुरी छ । यो विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान आकर्षण पनि गराउन चाहन्छौँ । आधारिकारिक मिडियाको सबलिकरणमा हामी यी तीनै सरकारको सत्भाव र सहयोगको अपेक्षा पनि गर्दछाँै ।
हामी २१ वर्ष पार गर्दा जनताका आकांक्षाहरू धेरै छन् । राज्य स्रोतले ती आकांक्षाहरू पूरा गर्न सकेको छैन भन्नेमा हामीहरू पनि सहमत छौँ । तैपनि सुशासनका सवालमा तथा जनताका आकांक्षा पूरा गर्ने सवालमा हामी कहिल्यै झुक्ने छैनौँ भन्ने पनि प्रण गर्दछौँ । सङ्घीयतालाई सबलिकरण र शुद्धिकरण गर्ने अभिभारा पनि हाम्रो हो भन्ने हामीले आत्मसात गरेका छौँ । यसमा हाम्रा कलमहरू रोक्ने छैनन् । त्यसमा हामी कहिल्यै विचलित हुने छैनौँ । समृद्धिका हरेक अभियानमा हाम्रो सधैँ साथ र सहयोग हुने छ भन्ने पनि विश्वास दिलाउन चाहन्छु ।
हरेक पलमासँगै रहेका हामी र सम्पूर्ण पाठक अनि विज्ञापनदाता बिचको सहकार्यले नै गोरक्ष राष्ट्रिय दैनिकको यो यात्राको निरन्तरतालाई सम्भव तुल्याएको हो । यो अवसरमा हामी हाम्रा आदरणीय पाठकहरूलाई उच्च सम्मान गर्न चाहन्छौँ । उहाँहरुको सहयोगले नै हामी २१औँ वर्षसम्म उदयमान छौँ । जसले हामीलाई निरन्तर खबरदारी गरिरहनु भएको छ । लेखकहरु जो हाम्रो पत्रिकामार्फत् आम पाठकलाई वैचारिक बहसमा सामेल गराइरहनु भएको छ ।
पाठक जसले रचनात्मक सुझावमार्फत् हामीलाई परिस्कृत सुझाव दिइरहनुभएको छ । हरेक पलमा पत्रिका पुगे–नपुगेको खबर दिइरहनु भएको छ अनि विज्ञापनदाता, जसले हाम्रो आर्थिक पक्षको व्यवस्थापनमा महङ्खवपूर्ण जिम्मेवारी निर्वाह गरिदिनु भएको छ । नागरिकको आवाजलाई अभिव्यक्त गर्ने माध्यमका रुपमा यो पत्रिकालाई स्थापित गर्न खटिने हाम्रा सबै कर्मचारी सदस्यहरुप्रति पनि हामी आभार प्रकट गर्दछौँ । हाम्रा कर्मचारी जो प्रकाशन गृहको हितका निम्ति रातदिन खटेको छ, आम पाठकको हातहातमा पत्रिका पु¥याउन जसले मिहिनेत र लगनशीलता देखाइरहनु भएको छ, सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।
गोरक्ष प्रकाशनमा गरिएका यसका सैद्धान्तिक प्रतिबद्धताहरुबाट हामी पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ । आम मानिसको जनजीविकाको सहयात्री बन्ने हाम्रो धेर्यसँगै विधिको शासन र लोकतान्त्रिक संस्कारयुक्त समाज निर्माण हाम्रो प्रतिबद्धता हो । यस अनुरुप समाजका सुदृढीकरणहरुलाई सम्बोधन गर्ने लोकतान्त्रिकीकरणको अभियानमा हामीले साथ दिँदै आएका छौँ ।
अहिले दाङका केही विशेष र दूरगामी महङ्खव राख्ने सवालहरु हाम्रा सामु उपस्थित छन् । हामीले हरेक मुद्दालाई स्थानीयतामै केन्द्रित गराउन पनि चाहन्छौँ । यो गर्दै पनि आएका छौँ । स्थानीय विषय पनि पत्रिकाका पहिलो समाचार बन्न सक्छन् भन्ने कुरा हामीले स्थापित गरिदिएका छौँ । यहीँका नागरिकको सवाल, उनीहरुको आवश्यकता, ती आवश्यकता पूर्तिका उपायको खोजी र ती उपायलाई कार्यान्वयनको तहसम्म पु¥याउन आवश्यक सामूहिक भावनाको विकास हाम्रो अर्को चाहना हो ।
हाम्रा प्रकाशनका हरेक सामग्री कसैप्रतिको आग्रह वा पूर्वाग्रहभन्दा पनि विशुद्ध जनआवाज हुन् । हाम्रो सम्पादकीय नीति, सीमित स्रोत र साधनको अधिक्तम उपयोग गरेर आम पाठकको रुचिलाई समेट्ने क्रममा हामी कतिपय ठाउँमा चुकेका पनि छौँ होला तर पनि हाम्रा पाठकले त्यसलाई स्वीकार गर्नुभएको छ । हाम्रा कमी–मजोरीले गर्दा पाठकमा पर्न जाने असुविधाप्रति हामी क्षमायाचना पनि गर्दछौँ र आगामी दिनमा यस्ता कमीकमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
हामी छापा माध्यम मात्र नभएर सूचना प्रविधिमा पाठकको माग अनुरुप जोडिन चाहेका छौँ । त्यही कारण हाम्रो पत्रिकाको अनलाइन संस्करण पनि सुरु भइसकेको सम्पूर्णलाई जानकारी गराउन चाहन्छु । आवाजहीनहरुको आवाज गोरक्ष राष्ट्रिय दैनिक सधैँ सबैका माझमा ।