कविता : पितृ श्राद्ध

श्रीराम दहित
पितृ श्राद्ध किन आध्यात्मिक वैज्ञानिक कारण खोजौं
मानवीय मुल्य मान्यता सार्थक बनाउन सनातन संस्कार रोजौं

शास्त्रानुसार वचन, विभक्ति, कारक विधि पु¥याई पितृ तर्पण गर्नु
सनातन शास्त्र संस्कार विधि मिच्दै संस्कार कसैले नगर्नु

गोकर्ण, गया, गंगा, यमुना, हरिद्वार, कागवेनी, देवघाट, काशी आदि स्थान
क्षमतानुसार तीर्थलाई महत्व दिऔँ नबनौँ है अन्जान

विश्वले मान्यो तुलसी, पिपल, दाहसंस्कार, शङ्खध्वनि हवन संस्कार
सनातनी वंशका हामी अलमल पर्ने चेतना जगाऔँ जानकार

दिवंगत पितृप्रति श्रद्धा हाम्रो परम्परा अनि आस्था
कसैलाई अन्धविश्वास लाग्ने त कसैलाई मात्र कथा

पूर्वजहरुको स्मरण नगरी कसरी सार्थक जीवन
पितृदेवताको उपवास उपासनाले मोक्ष हुने जीवन

लालनपालन सबै कर्म पितृगणले हामी गरौँ तर्पण
वंश भित्र बाहिरका दिवंगतलाई श्रद्धा गरौँ अर्पण

ब्रह्मपुराण, नारायणपुराण, भविष्यपुराण, हेमाद्री मनुस्मृति हुन् आधार
जौ, तील र कुशले प्रतिज्ञा गरी जलदान तर्पण गर्दा तारिन्छ संसार

श्रद्धापूर्वक पितृ पक्षमा तिथि अनुसार गर्नुपर्ने श्राद्ध तर्पण
विधिपूर्वक कर्मकाण्ड गर्दा स्वयंमा हित वृद्धि हुने समर्पण