तुलसीपुर,२३ साउन । बिजौरीमा शनिबार पनि पसल खुल्ने भएका छन ।
बिजौरी उद्योग बाणिज्य संघको शुक्रबार बसेको आकस्मिक बैठकले नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै साउन २४ गतेदेखि कार्तिक १५ गतेसम्म शनिबार पनि बजारका पसलहरु खुल्ला गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ १४ गते हुन लागेको संघको १२ औं वार्षिक साधारणसभालाई भब्य र सभ्य तरिकाले सम्पन्न पार्न विभिन्न उपसमिति गठन गरेको संघका महासचिव दीपककुमार बस्नेतले जानकारी दिए ।
संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बैठक बसेको थियो ।