एक बर्षमा दुई ८६ जनालाई उज्यालो प्रदान

तुलसीपुर, २३ साउन । उज्यालो अभियान कार्यक्रम अन्तर्गत एक बर्षमा करिव तीन सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत राप्ती आँखा अस्पतालले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०८१÷८२मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत दुई सय ८६ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।

नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवनयापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानीयतहरुसँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि निःशुल्क शल्यक्रिया हुदै आएको प्रमुख प्रशासक डा सम्शेर थापाले जानकारी दिए । जसअन्तर्गत घोराही उमहानगरपालिकामा एक बर्षमा एक सय ३१, तुलसीपुर उपमहानगरपालिकामा ३९ जना, बबई गाउँपालिकामा ४४ र दंगीशरण गाउँपालिकामा ७२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङकन अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् ।

त्यस्तै यस बर्षपनि दाङको घोराही उपमहानगरपालिकाले आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत हालसम्म ९ सय ४१ जना आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीलाई निःशुल्क शल्यक्रिया गरेको जनाएको छ । चालु आर्थिक वर्ष पनि पालिकाले एक सय ७० जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गर्ने सम्झौता गरेको छ । आर्थिक बर्ष २०८२÷८३ मा पनि घोराही उपमहानगरपालिका भित्रका नागरिकलाई आँखाको मोतियाविन्दुको उपचार तथा शल्यक्रिया गर्नुपरेमा निःशुल्क शल्यक्रियाका लागि नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालसंग सम्झौता गरेको हो ।

विगत ७ बर्षदेखि उज्यालो अभियान अन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता भई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको पालिकाका उपप्रमुख हुमा डिसीले जानकारी दिइन् । सेहि अन्तर्गत यसबर्ष पनि १ सय ७० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङकन अधिकृत गौतमले जानकारी दिए ।

 

साझेदारी कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गर्ने अस्पताललाई प्रति व्यक्ति आठ हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै सो भन्दा फरक शल्यक्रिया गर्नु परेमा थप रकम स्वंय व्यक्तिले तिर्नुपर्ने सम्झौतामा उल्लेखको स्वास्थ्य संयोजक राधा पौडेलले जानकारी दिइन् । आर्थिक वर्ष २०७५÷७६ देखि शुरु भएको साझेदारी कार्यक्रम अन्तर्गत अहिले सम्म घोराही उपमहानगरले ९ सय ४१ जना आँखाको विरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

पालिकाले आर्थिक बर्ष २०७५÷७६ मा ४० जना, २०७६÷७७ मा १०१ जना र २०७७÷७८ मा ७९ जनाको शल्यक्रिया गरेको थियो । त्यस्तै २०७८÷७९ मा एकसय जना, ७९÷८० मा एक सय ८७ जना, २०८०÷८१ मा तिन सय १३ जना र २०८१÷८२ मा एक सय ३१ जना आँखाका विरामीहरुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको स्वास्थ्य शाखाले जनाएको छ । यसैविच शान्तिनगर गाउँपालिकाले पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्नका लागि सम्झौता गरेको छ ।

उज्यालो कार्यक्रमअन्तर्गत हालसम्म करिव तिन सय जना आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीलाई निःशुल्क शल्यक्रिया गरेको पालिकाले चालु आर्थिक वर्ष पनि पालिकाले ५० जनाको शल्यक्रिया गर्ने सम्झौता गरेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ९ले पनि चालुआर्थिक बर्षमा २५ जना वडाका मोतियाविन्दुका विरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेको थियो । पैसाका अभावका कारण केहि कसैले पनि दृष्टि विहिन भएर बस्नु नपर्ने अवस्थालाई यस अभियानले सहयोग पु¥याएको छ । नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’’ कार्यक्रमलाई सफल बनाउन सवै स्थानीय पालिकाहरुले यसरीनै सहयोग गरे दृष्टिविहिन्ता न्यूनिकरण गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।