घोराहीको पुँजीगत खर्च ६७.२७ प्रतिशत

अमरराज आचार्य
दाङ, १९ साउन । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा पुँजीगत खर्च ६७ दशमलव २७ प्रतिशत गरेको छ । पँुजीगततर्फ एक अर्ब ११ करोड ८० लाख सात हजार दुई सय ५० रुपैयाँ रहेकोमा ६८ करोड ४८ लाख ३६ हजार दुई सय २२ रुपैया ६४ पैसा खर्च भएको छ ।

चालुतर्फ ८५ दशमलव सात प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ एक अर्ब ३२ करोड दुई लाख २५ हजार रुपैयाँ रहेकोमा एक अर्ब १३ करोड १३ लाख ९९ हजार सात सय रुपैयाँ खर्च भएको उपमहानगरपालिकाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाले कुल बजेटको ७७ दशमलव ६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल दुइ अर्ब ३३ करोड ८२ लाख ३२ हजार दुई सय ५० रुपैयाँ रहेकोमा एक अर्ब ८१ करोड ६२ लाख ३५ हजार नौ सय २२ रुपैया आठ पैसा खर्च गरेको हो । सङ्घीय सरकारमार्फत् आएको समानीकरण अनुदान ३० करोड ३१ लाख रुपैयाँ आएकोमा २७ करोड ८१ लाख २४ हजार पाँच सय ६० रुपैयाँ खर्च भएको छ ।

जुन ९१ दशमलव ७६ प्रतिशत हो । सङ्घीय सरकारको सशर्त अनुदान चालुतर्फ ७४ करोड ७६ लाख २९ हजार रुपैयाँ रहेकोमा ६७ करोड ४९ लाख चार हजार ३८ रुपैयाँ २० पैसा खर्च भएको छ । जुन ९० दशमलव २७ प्रतिशत हो । सङ्घीय सरकारबाट आएको बजेटको ८७ दशमलव २१ प्रतिशत बजेट खर्च भएको छ । सङ्घीय सरकारबाट एक अर्ब १६ करोड ७० लाख ४९ हजार रुपैयाँ रहेकोमा एक अर्ब एक करोड ७८ लाख ४१ हजार दुई सय ८३ रुपैयाँ २० पैसा खर्च भएको हो ।

सशर्त अनुदान पुँजीगततर्फ १० करोड ८८ लाख २० हजार रुपैयाँ रहेकोमा पाँच करोड ८३ लाख १८ हजार एक सय ३० रुपैयाँ खर्च भएको हो । जुन खर्च ५३ दशमलव ५९ प्रतिशत हो । विशेष अनुदान पुँजीगततर्फ ७५ लाख बजेट रहेकोमा ६४ लाख ९४ हजार पाँच सय ५५ रुपैया खर्च भएको हो । जुन ८६ दशमलव ५९ प्रतिशत हो ।

प्रदेश सरकारबाट पाँच करोड ८५ लाख नौ हजार रुपैयाँ आएकोमा पाँच करोड नौ लाख ४७ हजार नौ सय ६७ रुपैयाँ २५ पैसा खर्च भएको छ । जुन खर्च ८७ दशमलव शून्य आठ प्रतिशत हो । प्रदेश सरकारबाट आएको समानीकरण अनुदान दुई करोड २० लाख ४७ हजार रुपैयाँ शतप्रतिशत खर्च भएको छ । सशर्त अनुदान चालुतर्फ ४४ लाख ६२ हजार रुपैयाँ रहेकोमा ४४ लाख १६ हजार तीन सय दुई रुपैयाँ २५ पैसा खर्च भएको छ । जुन ९८ दशमलव ९८ प्रतिशत खर्च हो ।

सशर्त अनुदान पुँजीगततर्फ एक करोड ८० लाख रुपैयाँ रहेकोमा एक करोड १४ लाख ६२ हजार छ सय ६५ रुपैयाँ खर्च भएको छ । जुन खर्च ६३ दशमलव ६८ प्रतिशत हो । समपूरक अनुदान एक करोड ४० लाख रुपैयाँ रहेकोमा एक करोड ३० लाख २२ हजार रुपैयाँ खर्च भएको छ । जुन खर्च ९३ दशमलव शून्य एक प्रतिशत हो ।

राजस्व बाँडफाँडबाट ४७ करोड ६३ लाख

घोराही उपमहानगरपालिकाले राजस्व बाँडफाँडमार्फत् ४७ करोड ६३ लाख ७४ हजार दुइ सय चार रुपैया ८५ पैसा प्राप्त गरेको छ । घरजग्गा रजिस्ट्रेसनमार्फत् १८ करोड २४ लाख ८५ हजार एक सय ११ रुपैयाँ ५२ पैसा प्राप्त गरेको थियो । जुन लक्ष्यको ८० प्रतिशत हो । बाँडफाँड भई प्राप्त हुने मूल्यअभिवृद्धि करमार्फत् १६ करोड ७० लाख ९८ हजार सात सय ४७ रुपैयाँ ६१ पैसा प्राप्त गरेको थियो । जुन लक्ष्यको ८५ दशमलव ४४ प्रतिशत हो ।

बाँडफाँड भई प्राप्त अनु अन्तशुल्कबापत सात करोड २१ लाख ३८ हजार तीन सय ४२ रुपैयाँ तीन पैसा प्राप्त गरेको छ । जुन लक्ष्यको १०१ दशमलव शून्य दुई प्रतिशत हो । बाँडफाँटबाट प्राप्त हुने सवारीसाधन करबापत चार करोड ४४ लाख ५० हजार दुई सय ५१ रुपैयाँ ७३ पैसा प्राप्त गरेको थियो । जुन लक्ष्यको १०२ दशमलव ८८ प्रतिशत हो । बाँडफाँडबाट प्राप्त हुने मनोरञ्जन करबापत दुई लाख ४९ हजार आठ सय ५३ रुपैयाँ १५ पैसा प्राप्त भएको थियो । जुन लक्ष्यको २५ दशमलव ३७ प्रतिशत हो । दहतर बहतरको बिक्रीबाट प्राप्त हुने आयबापत ९९ लाख ५१ हजार आठ सय ९८ रुपैयाँ ८१ पैसा प्राप्त भएको थियो । जुन लक्ष्यको ५८ दशमलव ५४ प्रतिशत हो ।
आन्तरिक स्रोततर्फ २८ करोड २३ लाख

उपमहानगरपालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा आन्तरिक स्रोतबाट २८ करोड २३ लाख ३९ हजार दुई सय ६६ रुपैयाँ २५ पैसा आम्दानी गरेको छ । जुन लक्ष्यको ५४ दशमलव ३७ प्रतिशत हो ।

सम्पत्ति करबाट दुई करोड ४१ लाख १७ हजार पाँच सय पाँच रुपैयाँ २१ पैसा उठाएको छ । जुन लक्ष्यको ७७ दशमलव आठ प्रतिशत हो । भूमि कर मालपोतबाट दुई करोड ९० लाख ३८ हजार नौ सय ७९ रुपैयाँ ७२ पैसा उठाएको छ । जुन लक्ष्यको १०३ दशमलव ७१ प्रतिशत हो । वहाल करबाट तीन करोड १२ लाख ९४ हजार आठ सय १० रुपैया २१ पैसा उठाएको छ । जुन लक्ष्यको ४८ दशमलव १५ प्रतिशत हो ।

यसैगरी वहाल बिटौरी करबाट ६५ लाख पाँच हजार सात सय २३ रुपैयाँ १४ पैसा उठाएको छ । जुन लक्ष्यको ८१ दशमलव ३१ प्रतिशत हो । सवारी कर (साना सवारी) बाट एक लाख ३८ हजार नौ सय पाँच रुपैयाँ उठाएको छ । जुन लक्ष्यको चार दशमलव ५४ प्रतिशत हो । व्यवसायले भुक्तानी गर्ने २१ हजार दुई सय ४० रुपैयाँ उठाएको छ । जुन लक्ष्यको शून्य दशमलव शून्य छ प्रतिशत हो ।

अखेटोपहार लाग्ने करबाट २२ लाख १९ हजार दुई सय ९३ रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ८८ दशमलव ७७ प्रतिशत हो । अन्य करबाट चार लाख १४ हजार दुइ सय २६ रुपैयाँ ४७ पैसा उठाएको छ । जुन लक्ष्यको १० दशमलव ३६ प्रतिशत हो । अन्य सेवा बिक्रीबाट तीन करोड ९९ लाख ३४ हजार पाँच सय १५ रुपैयाँ शून्य तीन पैसा उठाएको छ । जुन लक्ष्यको २१४ दशमलव सात प्रतिशत हो ।

शिक्षा क्षेत्रको आम्दानी नौ लाख ८६ हजार आठ सय ८९ रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ६५ दशमलव ७९ प्रतिशत हो । नक्सापास दस्तुरबाट एक करोड १९ लाख ६६ हजार नौ सय ८९ रुपैयाँ ८४ पैसा उठाएको छ । जुन लक्ष्यको ७९ दशमलव ७८ प्रतिशत हो । सिफारिस दस्तुरबाट तीन करोड ४४ हजार तीन सय ५१ रुपैयाँ ८३ पैसा उठाएको छ । जुन लक्ष्यको ११२ दशमलव शून्य एक प्रतिशत हो ।

यसैगरी नाता प्रमाणिबाट ८६ हजार नौ सय २० रुपैयाँ उठाएको छ । जुन लक्ष्यको २८ दशमलव ९७ प्रतिशत हो । अन्य दस्तुरबाट १७ लाख ४४ हजार एक सय ६० रुपैयाँ उठाएको छ । जुन लक्ष्यको आठ दशमलव ७२ प्रतिशत हो । न्यायिक दण्ड, जरिवाना र जफतबाट नौ सय ५० रुपैयाँ उठाएको छ ।

प्रशासनिक दण्डजरिवाना र जफतबाट ५५ लाख ७१ हजार ५५ रुपैयाँ ८० पैसा उठाएको छ । जुन लक्ष्यको ९२८ दशमलव ५१ प्रतिशत हो । अन्य राजस्वबाट ५५ लाख ३१ हजार चार सय ७५ रुपैयाँ नौ पैसा उठाएको छ । जुन लक्ष्यको १३८ दशमलव २९ प्रतिशत हो । बेरुजुबाट ५१ लाख ७० हजार एक सय ६० रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ५०१९ दशमलव ५२ प्रतिशत हो ।