विद्यार्थीलाई तनाव व्यवस्थापन प्रशिक्षण

गोरक्ष समाचारदाता
दाङ, १९ साउन । हिमाल स्काउट ट्रप तुलसीपुर दाङको आयोजनामा एकदिने विद्यार्थीको तनाव व्यवस्थापन कार्ययोजना आइतवार तुलसीपुरमा सम्पन्न भएको छ ।

स्काउट ट्रप हिमाल एकाडेमीका स्काउटर प्रणव साहीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको विशिष्ट अतिथि तथा प्रशिक्षक ओमशान्ति विश्वविद्यालयकी दिदी मालाले आत्मिक ज्ञानले मात्र मानवमा नैतिकता र इमानदारिताको विज रोप्ने बताइन् ।

नेपाल स्काउटका केन्द्रीय सदस्य नवीनकुमार पराजुली प्रदेश सदस्य निरन्जना पाण्डे विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीले स्काउट शिक्षा, मूल्य, मान्यता र स्काउटरको भूमिकाबारे प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण स्काउट मास्टर अन्जली शाहले गरेकी थिइन् ।