कलशद्वारा पालुथान टोलमा सहकारी तालिम

हेमराज शर्मा
दाङ, १७ साउन । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले ग्रामीणस्तरमा सहकारी शिक्षा तालिम दिएको छ । नियमित मासिक कार्यक्रम अन्तरगत शिक्षा उपसमितिको आयोजना घोराही ४ स्थित पालुथान टोल विकास संस्थामा सहकारी सम्वन्धि अन्तरक्रिया तथा सहकारी शिक्षा कार्यक्रम भएको हो ।

शिक्षा उपसमितिका सदस्य खिमराज खनालको अध्यक्षता तथा कलश बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष चन्द्रावति भण्डारीको प्रमुख आतिथ्यमा तालिम भएको हो । तालिममा संस्थाको बचत तथा ऋणका सम्वन्धमा व्यवस्थापक प्रकाश अधिकारी र सहकारी बजारका सम्वन्धमा बजार परियोजना प्रमुख कमल थपलियाले जानकारी दिएका थिए ।

त्यसअवसरमा बोल्ने बक्ताहरूले नागरिकको जिवन स्तर सुधार गर्नमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले सवै जना सहकारीमा जोडिनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै कलशका उपाध्यक्ष चन्द्रावति भण्डारीले कलश सहकारीले बचतमा आकर्षक र ऋणमा न्यूतम व्याजदरको व्यस्था गरेको भन्दै सवैलाई कलशमा आवद्ध हुन अनुरोध गरेका हुन ।

सस्थाका सञ्चालक समिति सदस्य तथा ऋण समितिका संयोजक इश्वरी प्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा पालुथान टोल विकास संस्थाका अध्यक्ष दोमाकान्त शर्मा, पालु सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मछिन्द्र कुमार शर्मा,सेयर सदस्यहरू दिलिप पन्थी,शोभाकर पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विमल योगीले गरेका थिए ।