दाङ, १७ साउन । रोटरी क्लब अफ दाङको १४ औँ पदस्थापन समारोह शुक्रवार घोराहीमा भएको छ ।
रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेय, अशिस्टेन्ट गभर्नर रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का वीरबहादुर रावत ‘बिरु’को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लब अफ दाङ वर्ष २०२५÷०२६ का लागि निर्वाचित टिमलाई पदहस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ दाङ वर्ष २०२४÷०२५ अध्यक्ष प्रदीप सुवेदीले वर्ष २०२५÷०२६ का लागि निर्वाचित अध्यक्ष रोशन दाहाललाई पदहस्तान्तरण गरेका थिए ।
रोटरी क्लब अफ दाङ वर्ष २०२५÷०२६ का लागि अध्यक्षमा दाहालसँगै निवर्तमान अध्यक्षका रूपमा प्रदीप सुवेदी, अध्यक्ष पदका उम्मेदवार (प्रिसिडेन्ट अफ इलेक्ट) मा डा. बम बिसी, अध्यक्ष सिफारिस (प्रिसिडेन्ट नोमिनी) मिनराज भाट, उपाध्यक्षमा बुद्धिप्रकाश शर्मा, सचिवमा कमल रेग्मी, कोषाध्यक्षमा माधवप्रसाद पौडेल निर्वाचित भएका छन् ।
यसैगरी रोटरी क्लब अफ दाङको सर्जेन्ट एट आम्र्समा राजिव उल्लाह खान, सहसचिव ईश्वर बस्नेत, क्लब प्रशासन समिति संयोजक कैलाश खत्री, क्लब सदस्यता समिति संयोजक गजेन्द्र बर्मा, सार्वजनिक छवि समिति संयोजक भवानीप्रसाद कँडेल, रोटरी फाउन्डेसन समिति संयोजकमा शरद अधिकारी, सेवा परियोजना समिति संयोजकमा अशीष उप्रेती, क्लब सिकाइ सहजकर्तामा सनत श्रेष्ठ, क्लब युवा सम्पर्क व्यक्तिमा मिनेश श्रेष्ठ र क्लब सल्लाहकारमा पदम केसी निर्वाचित भएका छन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेय, अशिस्टेन्ट गभर्नर रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का वीरबहादुर रावत ‘बिरु’, रोट्रयाक क्लब अफ दाङकी अध्यक्ष अर्चना भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मिनराज भाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव कमल रेग्मीले गरेका थिए । कार्यक्रममा रोट्र्याक्ट क्लब अफ दाङको वर्ष २०२५÷०२६ का पदाधिकारीलाई पनि पदभार ग्रहण गराइएको थियो ।