कमल गाउँलेको २५औँ गाईजात्रा ‘भेँडातन्त्र’ सार्वजनिक (भिडियोसहित)

गोरक्ष समाचारदाता
दाङ, १७ साउन । हाँस्यव्यङ्ग्य कलाकार कमल गाउँलेको २५ औँ गाईजात्रा ‘भेँडातन्त्र–२०८२’ सार्वजनिक भएको छ । गाउँलेले शुक्रवार एक कार्यक्रमका बिच २०८२ सालको गाईजात्रा ‘भेँडातन्त्र’ को भिडियो सार्वजनिक गरेका हुन् ।

देशमा भइरहेका विकृति र विसङ्गतिलाई व्यङ्ग्यत्मक ढङ्गले प्रहार गर्दै विगत २५ वर्षदेखि निरन्तर रूपमा गाईजात्रा निकाल्दै आएका गाउँले यस वर्ष पनि देश परिवेशको विद्यमान अवस्था, विकृति, विसङ्गतिलाई व्यङ्ग्यात्मक रूपमा गाईजात्रा ‘भेँडातन्त्र–२०८२’ मार्फत् आफ्नो कला सार्वजनिक गरेका हुन् ।

उक्त भिडियोको बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा र उनकी आमा प्रेकमला अर्यालले गाईजात्रा ‘भेँडातन्त्र–२०८२’ लाई संयुक्त रूपमा केक काटेर सार्वजनिक गरेका हुन् । गाईजात्रा सार्वजनिक समारोहमा प्रमुख अतिथि शर्माले देशमा विद्यमान विकृति, विसङ्गसतिमाथि जस्ताको त्यस्तै रचनात्मक, व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेर राजनीतिक नेतृत्व र कार्यकर्तालाई सुधारको बाटोमा लाग्न प्रेरित गरेको बताए ।

लगातार २५ वर्षको गाईजात्राको यात्राले रजत वर्ष मनाएको भन्दै यो यात्राले कोशेढुङ्गा पार गरेको भन्दै कलाकारिता अझ उचाईमा पुगोस् भन्दै शुभकामना दिए । आमा अर्यालले छोरालाई अझ राम्रो गरेर कला क्षेत्रमा लागिराख्ने हौसला प्रदान गरेकी थिइन् । गाउँले आफ्नै कमल गाउँले युटुव च्यानलबाट उक्त गाईजात्रा सार्वजनिक गरेका छन् ।

गाईजात्राको माध्यमबाट विकृति र विसङ्गतिविरुद्धमा निरन्तर रूपमा आपूmले बोले पनि नेताले सुधारमा ध्यान नदिएकाले आपूmले निरन्तर रूपमा गाईजात्रा निकाल्दै आएको बताए । सुरुका वर्षमा काठमाडौंबाट गाईजात्रा निकाल्ने गरे पनि पछिल्ला केही वर्षयता उनले घोराहीबाट गाईजात्रा निकाल्दै आएका छन् ।