पत्र साहित्य, भाईलाई चिठी

श्री युतभाइ रमेश,
शुभाशीष

यहाँ गाउँ घरमा सबैलाई आरामै छ । वर्षाको समय सबै आ–आफ्ना काममा व्यस्त देखिन्छन् । त्यहाँ अमेरिकामा अध्ययनार्थ बसेका सबै हाम्रा नेपाली भाइबन्धुको अन्य यिनको सफलता र सुस्वास्थ्यको कामना गर्दछु । यति टाढा बसेर पनि देशमा कहाँ के भइरहेको छ भनी जिज्ञासा राखेकोमा तिमीलाइ धेरै–धेरै वधाई तथा शुभकामना ।

भाइ रमेश, नेपालीमा एउटा उखान छ । कही नभएको जात्रा हाडीगाउमा भने झै भएको छ । नेपालमा गणतन्त्र आयो भनेको त गाडतन्त्र पो आएछ । हाम्रा नेताहरु पनि चलाख छौ त भन्छन् । आफ्नै धोती फुस्केको पनि थाहा पाउँदैनन् कि क्या हो । यति सानो नेपाललाई सात प्रदेशमा बाडे । पुराना उद्योग कारखाना सबै बेचे ।

देशलाई उद्योग विहीन अवस्थामा ल्याए । प्रादेशिक सरकारको व्यवस्था गरे दश वर्षको जनयुद्दले टाट परेको देशलाई कसरी उभो लग्ने भन्ने सोच कता गएछ कुन्नि प्रदेश सरकार स्थानीय सरकार बनाएर देशलाई अर्थतन्त्रको भूमरीमा उठ्नै नसक्ने गरी ढाले । अर्थतन्त्रलाई माथी उठाउने कुरामा कसैको ध्यान गएको देखिँदैन ।

सबैलाई सत्तामा बसेर धन कसरी कमाउने हो भन्ने मात्र चिन्ता भएको देखिन्छ । यसैले गर्दा देशको अवस्था दिन प्रतिदिन खस्कदै गएको छ । यो ज्यादै चिन्ताको विषय बनेको छ । भाइ रमेश, विदेशको धन पैसा खाएर हाम्रा अगुवाहरुले उनीहरुकै इसारामा देशमा गणतन्त्र ल्याए । भनाइमा गणतन्त्र भने पनि व्यवहारमा यो त गाणतन्त्र पो हुन पुगेको देखियो ।

माछो–माछो भन्दा भ्यागुतो पो हात लाग्न पुगेको देखियो । माछो र भ्यागुतो पनि न थाहा पाउने कस्ता हाम्रा नेताहरु । अब देश सुस्त–सुस्त नेपाल छ तर नेपाली छैनन् जस्तो हुनलागि सक्यो । भएका नेपाली सबै विदेशीने भए पछि र विदेशीहरुले नेपाली नागरिकता पाउने भएपछि त्यो पनि एक देशका मान्छे मात्र होइन, भारत, म्यानमार, बंगलादेश, भुटान, तिव्वत, श्रीलंका आदि विभिन्न देशका नागरिकले नेपालमा नागरिकता पाइरहेका छन् ।

राजनैतिक विश्लेषकहरुका अनुसार गिरिजाका पालामा चालिस लाख भारतीयहरुलाई नागरिकता दिइयो । अब त राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा लागु गरिएको छ । सबैका राष्ट्रिय परिचयपत्र बनिसके पछि नागरिकता स्वतः निष्क्रीय बन्ने चर्चा पनि छ । यसो गर्नाले हिन्दु धर्मलाई विस्थापित गर्न सजिलो हुने चर्चा पनि छ ।

हाम्रो देशमा अरु त अरु मान्छे समेत बेच्ने काम भइरहेको छ । नक्कली शरणार्थी बनाएर मानिस बेचिएका कुराहरु सञ्चारमा आइरहेका छन् । नेपालको भूमि अतिक्रमण हुँदा पनि हाम्रा नेताहरु बोल्न सक्दैनन् । यस्तो किनभन्दा विश्लेशक भन्छन् । यिनीहरु त उतैबाट सञ्चालित छन् ।

यहाँका अगुवा मानिसमा इमान्दारी नैतिकता हराइसकेको देखिन्छ । अब देशको अवस्था कसरी उठ्ने हो । चिन्ता यसैको छ । भाइ रमेश, यतिखेर पूर्व राष्ट्रपति विद्या भन्डारी र केपी वलीको बिचमा ठुलो तनाव देखा परेको छ । वलीलाई ताना शाह बनेको दोष रोपण विज्ञहरुले लगाइरहेका छन् । अर्कोतर्फ भण्डारीबाट सबै कम्युनिष्टहरु जो वलीबाट रुष्ट छन् ।

ती सबै समेटिने कुरामा विश्वस्त देखिन्छन् । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई त्यति ठूलो सम्मानित पदमा पुगिसकेकी हुँदा अरु पदमा हुन उपयुक्त हुँदैन भन्ने ओठे जवाफ बाहेक अरु केही तर्क देखिँदैन । हुनत पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला पछि राजदूत भएको कुरा सबैले थाहा पाइसकेको कुरा हो ।

त्यस कुरालाई आधार मान्ने हो भने क्रियाशील जीवन बिताउने उनको चाहना ठिकै हो । तर, यसो गर्दा केपीव लीलाई ठूलो धक्का लाग्ने ठहर छ । भाइ रमेश, तिमीले सोधेका प्रश्नहरुको छोटो उत्तर दिने प्रयास गरेको छु । बाँकी अर्को पत्रमा लेख्ने बाचा गर्दै बिदा चाहन्छु ।

तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने