कविता : सनातन संस्कार

श्रीराम दहित

पुंशवन, मुण्डन, अन्नप्राशन लगायत संस्कार सबैले गराउने,
जुन सन्तानको सबै संस्कार नगर्दा नाम मात्रको मानव हुने

स्रोह्र संस्कार ऋषि परम्परा सनातन हो आस्था
राम, लक्ष्मण, भरत, शत्रुधन हाम्रो आदर्शको कथा

किन जन्म लियौँ यस दुनियाँमा, अमूल्य मानव चोला
मातापिता, गुरु र देशको सेवा नगरे व्यर्थ जीवन होला

हाम्रा पुर्वज ऋषिमुनिले सुन्दर संस्कार चलाए
जन्ममृत्यु र मरणोप्राण्त जीवनको महत्व बताए ।

विवाह गृहस्थ जीवनको महत्वपूर्ण हो, संस्कार ।
पतिपत्नीको सम्बन्धलाई सबैले राखौं बर्करार ।

मनुष्य तनलाई अमूल्य बनाउने सनातन हो, परम्परा ।
जसले बुझी सदुपयोग ग¥यो, सुन्दर ऋषि परम्परा ।

ज्ञानीले हाँसी बिताउने जीवन, किन मुर्खले रोई बितायो ।
संस्कार जिउने कला, बुझ्क्र् नसक्दा रोइदिन काटायो ।

परम्परा अति महान हो हाम्रो जोगाइ राख्नु छ ।
ऋषिमुनि संस्कार प्राप्ति हुँदा गौर्वान्वित बन्नु छ ।

लुप्त हुँदैछ ऋषि संस्कार घरघरमा दियो झैँ बालौं ।
जीवन उज्ज्वल र संस्कार संरक्षणमा पाइला चालौं ।