कविता : देशको अवस्था

भुपेन्द्र सुवेदी
देशको मुटु संविधान हो, सबले पाला गराँै
नियम कानुन अंगप्रत्यांग यसलाई लागु गरौँ ।

देशको भूगोल आंकलन गरी त्यो व्यवस्था मिलाउ,
चार जातको फूलबारी हो, सब भई मन मिलाउ,

नदी, नाला, ताल, तलैया गहना हुन देशका,
वन जंगललाई संरक्षण गर्दै गरौँ वनका,

युवा देशका इमानदार होउन स्वदेशमै बसुन सब,
परिचालन गरौँ यिननलाई या ेदेश बनाउन,

मुटु ठिक भए अरु सबै शरीर स्वस्थ्य हुन्छ,
खानपान नियन्त्रण गरे स्वस्थ्य सबल बन्न सक्छ,

देशका युवा विदेशतिर खेताला बन्न गाछन्,
यो देशका आवादी जग्गा अधिक बाँझा भाछन्,

औषधी आयवृद्धि भई रेमिट्यान्स र ज्याला,
आत्मनिर्भर बन्नु छैन ठिक छैन चालामाला ।