पार्वती बस्नेत
दाङ,१६ साउन । सात बर्षीय अर्पण चौधरीलाई ठुलो भएपछि प्रहरी बन्ने रहर छ । प्रहरी भएपछि गाँउघरमा सबैले आफुलाई मान्ने र आमाको सपनासँगै गरिबीलाई हटाउने उनमा चाहना छ । उनलाई जस्तै नौ बर्षीय दाजु प्रबिणलाई डाक्टर बनेर बिरामीको हेरचाह गर्ने रहर छ ।
सानैमा बुवा गुमाईसकेका दाजुभाई फरक क्षमता भएकी आमासँग गढवा गाउँपालिका–६ आँटीपाकरमा बस्दै आएका छन् । चुहिने छानो भएको घरको एउटा कोठा बस्दै आएका उक्त परिवारको गतबर्ष निवास संस्थासँगको साझेदारीमा ग्रामीण महिला उत्थान केन्द्रले महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढिकरण परियोजनाअन्र्तगत मायादेबीलाई नयाँ घर निर्माण गरिदिएको थियो । घर निर्माणसँगै सहजता भएको मायादेवी बताउँछिन ।
ग्रामीण महिला उत्थान केन्द्रको समुहमा आवद्ध भएपछि २ वटा बाख्रा समेत पाएको भन्दै तिनै बाख्राको हेरचाह गर्ने र एकल महिलाका लागि आउने भत्ता वापत पाउने पैसाले छोराहरुको पढाई खर्चसँगै घर व्यवहार चलाउँदै आएका बताउँछिन । छोराहरुले पढ्न रहर गर्छन तर स्कुल जादाँ जुत्ता, स्कुल डे«स गत्तिलो नहुँदा स्कुलमा साथीहरुले गिज्याउने गरेको बताउँने गर्दछन् ।
‘कोही नहुनेको भगवान् हुन्छ, भन्छन् सायद त्यहि भएर होला आज भगवान बनेर ग्रामीण महिला उत्थान केन्द्रले हामीलाई घर बनाईदिएको छ’,उनी भन्छिन,‘जस्ले गर्दा सुरक्षित रुपमा बस्न मिलेको छ ।’ उनका अनुसार घरमै आएर छोराहरुका लागि स्कुल डे«स, जुत्ता, घरका लागि आवश्यक फाईबर सिरक २ थान, डसना २ थान दिएको बताउँछिन । सक्ने सहयोग मायादेबीलाई सदैब हुने मायादेबीकी छिमेकी लिला चौधरी बताउँछिन । सस्थाले बुहारीको परिवारलाई सहयोग गरेपछि जेठाजु प्रयागलाल चौधरी समेत खुसी छन् ।
‘भाई बितेपछि सुस्त मनस्थितिकी बुहारीले छोराहरुलाई कसरी पाल्ने होलिन भन्ने चिन्ता थियो’, जेठाजु प्रगागलाल भन्छन,‘बस्ने घर गत्तिलो थिएन, आम्दानीको कुनै श्रोत थिएन । सक्ने सहयोग गरेको थिए तर घर बनाइदिन सकेको थिएन ।’ तर ग्रामीण महिला उत्थान केन्द्रले घर निर्माण गरिदिएपछि परिवारमा ठुलो खुसीसागै शान्तिको अनुभुति भएको उनी बताउँछन् । गरिबी, अभाव, अल्पसंख्यक समुदाय त्यहि माथि एकल महिला, समुदायमा मायादेबी, अर्पण र प्रबिणहरु छन्, जो अहिले गरिबीसँग संघर्ष गर्दै बाँचिरहेका छन् ।
“समुदायमा रहेका मायादेबी, अर्पण र प्रबिण जस्ता पात्रहरुका लागि ग्रामीण महिला उत्थान केन्द्रले सानो सहयोग गरेको ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी बताउँछिन । त्यस अवसरमा परिवारलाई फाइबर सिरक,तन्ना,सिरानी, गलैचा, र डसन्ना दुई÷दुई थान, बाकस एउटा, स्कूल ड्रेस २ जनाका लागि, आमाका लागि कुर्ता सुरुवाल र म्याद तीन थान सहयोग गरेको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा आत्मनिर्भर लघुबित्त बित्तिय संस्थामा आवद्ध उज्जवल महिला उत्थान केन्द्रका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।