नेपालको विलासी समाज

युवराज शर्मा

नेपाल सानो मुलुक भए पनि विलासीपूर्ण समाज बनिरहेको छ । यस्तो वातावरण, नेपालमा बन्नुको मुख्य कारण वैदेशिक रोजगार नै हो । जसको प्रभाव शिक्षण संस्थाहरुबाट कक्षा १३ को परीक्षा पास गरेपछि घरपरिवार छोडेर विदेशीने लहर ल्यायो । समाजमा पढाइभन्दा पैसा ठुलो हो भन्ने छाप परेको छ ।

सरकारले पनि भिजिट भिसामा युवाहरुलाई विदेशी भूमिका दास बनाउन पठाएको छ । देश छोडेर जाने युवाहरुको एउटै उद्देश्य हो– मनग्ये धन कमाएर घरमा विलासी जीवन जिउने र मानव समाजमा धेरै विलासी बन्ने इच्छा नै हो । यस्तो सोचाई युवाहरुमा हुनु शिक्षामा बढ्दै गरेको उद्देश्यहीन शिक्षा प्रणाली हो भन्छन्– मानव समाजमा । एक पुस्ताले विलासी व्यवहार अपनाए पनि पिढगित जीवनशैलीले धान्न सक्दैन । अन्तमा विलासी जीवन पनि दुःखमा बित्छ । समाजमा त्यस्तै पाइन्छ ।

अहिले चप्पल पड्काएर हिड्नेहरुले पजोरो गाडी चढेर हिडेको देख्छौ । उनीहरले कमाएको धन पैसा कहाँबाट आयो ? पहिलेका दिनहरुलाई नियाल्दा घरमा खान नपुग्ने मानव समाज थियो । त्यस्तो समाजमा हुर्केका व्यक्तिलाई नयाँपनको सोचाई हुन्न । उनीहरुमा विलासीपन बढ्छ । आफ्नो काममा अल्छि गर्छन् तर त्यो काम आफै गर्नु पर्ने हुन्छ ।

अहिले सत्तामा भएका जनप्रतिनिधिहरुले मासिक तलब खान्छन् । राजस्वबाट तलब खानेहरु वडा दिस्यदेखि माथिका ओहदामा रहेकासम्मले तलब खाने हुँदा तलब भुक्तानी गर्न राष्ट्रका नाममा विदेशी राष्ट्रसँग ऋण उठाएर भए पनि तलब सुविधाहरु दिइन्छ । यो पाराले नेपाल हरिकंगाल हुने खतरा छ । त्यस समयमा पछुताएर कुनै काम छैन । सरकार नै पारदर्शी बन्न सकेको छैन । आपसमा त भन्दा का ठुलो भन्ने भावनामा छन् । कुनै दलको नेतामा राष्ट्रप्रेम भन्दा स्वार्थी भावना छ ।

वर्तमान समयमा कसैले पनि नयाँ कुरा सोच्दैन । आज नेपालीमा नयाँ सोच र विचार किन आउँदैन ? सबैमा विलासी जीवनशैली छ । अभाव बढ्दो छ । चाहना र इच्छा शक्ति पनि हरेक मान्छेमा बढेको छ । शिक्ष्ाँ र स्वास्थ्यमा समाज कमजोर बनिरहेको छ । जति धेरै पढाइमा समय लगाएर पनि प्रतिफल अपेक्षा गरेको जस्तो छोराछोरीले ल्याउन सकेका छैनन् ।

मानव समाजमा ज्ञान भएकाहरु शून्यसरी विलाइरहेका छन् । सिपको हस्तान्तरण नयाँ पिढीमा हुन सकेको छैन । बाजेले जानेको बाँसबाट बनाइने बस्तुहरुलाई नाति वर्गमा हस्तान्तरण नभएपछि सिप र ज्ञान लोप भएको अवस्था छ । अहिले समाजमा बढेको फेसन मोवाइल हातमा लिएर हेर्दै हिड्ने चलन युवा वर्गमा बढ्दो देखिन्छ । यसले के देखाउछ भने समाजमा मोवाइल फेसन बढेको छ ।

होटलहरुमा रात बिताउनु, डान्सबारमा रमाइलो गर्नु, सिगरेट पिउनु, तान्नु जस्ता क्रियाकलापले युवा वर्गलाई धेरै प्रभावमा पारेको छ । यसले आर्थिक समस्या बढाएको छ भने सामाजिक भावना हराइरहेको छ । साथीभाइ, संगीसाथी र इष्टमित्रहरु पीडित भएका छन् । भनिन्छ– घाँटी हेरेर हाड निल्नुपर्छ तर समय सापेक्ष बन्न सकेको छैन ।

युवा समाज पनि बाजेले जोडेको सम्पत्तिमा नातिहरु रमाउने भएपछि आर्थिक समस्या बढ्ने नै भयो । यसले सन्तानको बनिबास हुन्छ भन्ने ज्ञान युवा वर्गमा हुनुपर्छ । ज्ञान र सिप हराएका युवाहरु बेरोजगार भएका छन् । उनीहरुसँग ज्ञान छ भने सिप छैन, सिप छ भने प्रविधिको ज्ञान छैन ।

उनीहरुलाई ज्ञान र सिपको विकास गराउने शिक्षाको धेरै आवश्यकता छ तर शिक्षालाई व्यापरीकरण गराएपछि शिक्षामा ज्ञान र सिप हराउँदै गयो । युवाहरुमा विलासीपन बढ्दै गयो । उनीहरुले पढाइ छोडेर कक्षा १२ पासपछि विदेशिएका हुन् । नेपालमा बस्न रुचाउँदैनन् । नेपालमा नेपाली समाजलाई धन पैसाको महत्व छ । कसरी धन पैसा कमाउने ? युवा वर्गमा बढ्दो सोच छ ।

खेतबारी बाँझो भइरहेको छ । देशमा खाद्य समस्या बढ्दै छ तर समाजमा बढेको विलासी जीवनशैलीलाई हेर्दा नपाउनेले केरा पायो, बोक्रैसँग खायो भन्ने व्यक्तिको चरित्र उदाङुगिएको छ तर सरकारले खेतीपाती र पशुपालन व्यवसायमा ध्यान दिएको छैन ।

कृषि व्यवसायका लागि सरकारी सहयोग रासायनिक मल बिक्रीमा देखिएन । पैसा तिर्दा पनि किसानले मल पाएनन् । मल खरिद गर्न जानुभन्दा विलासीताका सामानहरु प्रयोग गर्न प्रेरि गरिन्छ । ऋण लिएर घ्यू पिउने सरकारको नीति छ ।