भरत विश्वकर्मा
रोल्पा, १२ साउन । रोल्पाका स्थानीय तहको बेरुजु एक अर्ब २३ करोड ७५ लाख ६८ हजार १०४ पुगेको छ । महालेखा परीक्षकको ६२औं प्रतिवेदनले रोल्पाका स्थानीय तहमा बेरुजु बढ्दै गएको देखाएको छ । यहाँका स्थानीय तहले बेरुजु घटाउनतर्फ खासै ध्यान दिएका छैनन् ।
महालेखाको ६१औं प्रतिवेदनले आर्थिक वर्ष २०७९÷०८० सम्ममा एक अर्ब ५ करोड ३५ लाख २४ हजार ७४१ बेरुजु देखाएको थियो । सो बेरुजुमा हाल १८ करोड ४० लाख ४३ हजार ३६३ बेरुजु रकम थप भएको छ ।
महालेखाको ६२औं प्रतिवेदन अनुसार रोल्पा नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ म एक करोड ११ लाख ४३ हजार ३०४ बेरुजु देखाएको छ । जसमा असुल गर्नुपर्ने ८ करोड ६६ लाख ५२८ अनियमितता भएको ९२ लाख ७९ हजार २५०, प्रमाण कागजात पेश नभएको ९ करोड ९७ लाख ५२६ रहेको छ ।
आव २०७९÷०८० सम्ममा ७ करोड २ लाख ६५ हजार बेरुजु रहेकोमा एक लाख फस्र्यौट भएको छ भने ७ करोड एक लाख ६३ हजार ६२९ बेरुजु बाँकी रहेको छ । सो नगरपालिकाको हालसम्म ८ करोड १३ लाख ६ हजार ९३३ रुपैयाँ बेरुजु रहेको छ ।
परिवर्तन गाउँपालिका आर्थिक वर्ष २०८०÷०८१ मा ६८ लाख २६ हजार ५९१ बेरुजु रहेको छ । जसमा असुल गर्नुपर्ने ५ लाख ७ हजार ५९६, अनियमित भएको ४९ लाख ८१ हजार ७३०, प्रमाण कागजात पेश नभएको १३ लाख ३७ हजार २६५ रहेको छ ।
आव २०७९÷०८० सम्ममा १२ करोड ७२ लाख ७२ हजार ४६५ बेरुजु रहेकोमा २ लाख ८५ हजार ४४२ फस्र्यौट भएको छ । यस्तै १२ करोड ६९ लाख ८७ हजार २३ बेरुजु बाँकी देखिएको छ । यस पालिकाको बेरुजु १३ करोड ३८ लाख १३ हजार ६१४ पुगेको छ ।
माडी गाउँपालिका आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड १० लाख ५५ हजार १६० बेरुजु रहेको छ । जसमा असुल गर्नपर्ने १७ लाख ४० हजार ७५५, अनियमित भएको १ करोड ८८ लाख ९८ हजार ७२७, प्रमाण कागजात पेश नभएको १ करोड १ लाख १२ हजार ६७८ र पेस्की ३ लाख ३ हजार देखाएको छ ।
अघिल्लो वर्षसम्मको बाँकी ५ करोड ४ लाख ६ हजार रहेकोमा १७ लाख २७ हजार २२३ फस्र्यौट भएको छ भने ४ करोड ८६ लाख ७८ हजार ७७७ बेरुजु देखिएको छ । यस गाउँपालिकाको कुल बेरुजु ७ करोड ९७ लाख ३३ हजार ९३७ पुगेको छ । लुंग्री गाउँपालिकामा ३ करोड २६ लाख ४३ हजार ३८६ बेरुजु रहेको छ ।
जसमा असुल गर्नुपर्ने १९ लाख ९२ हजार ७४८ अनियमित भएको २ करोड ८७ लाख ८१ हजार ९२७, प्रमाण कागजात पेश नभएको ४ लाख ९७ हजार ९११, पेस्की १३ लाख ७० हजार आठ सय रहेको छ । अघिल्लो वर्षसम्मको बेरुजु १३ करोड ३३ लाख ४९ हजार रहेकोमा यस वर्ष फस्यौट भएको देखिँदैन । पालिकाको कुल बेरुजु १६ करोड ५९ लाख ९२ हजार ३६८ पुगेको छ ।
गंगादेव गाउँपालिकाको बेरुजु ३ करोड ५३ लाख ७३ हजार ५९६ रहेकोमा असुल गर्नुपर्ने १६ करोड १६ लाख ८६८, अनियमित भएको ३ करोड २ लाख १३ हजार ३८१, प्रमाण कागजात पेश नभएको ३२ करोड ६७ लाख र पेस्की २ करोड ७६ लाख ३०३ देखाएको छ । अघिल्लो वर्षसम्मको बेरुजु ३२ करोड ३ लाख ५० हजार रहेकोमा २८ करोड ३२ लाख ६७१ फस्र्यौट भएको देखिएको छ ।
यस गाउँपालिकामा ३१ करोड ७५ लाख १७ हजार ३२९ बेरुजु फस्र्यौट हुन बाँकी रहेकोमा सम्परीक्षणबाट कायम बेरुजु ५ लाख ८४ हजार १७७ रहेको छ । यस वर्षको बेरुजुसहित ३५ करोड ३४ लाख ७५ हजार पुगेको छ ।
सुनिलस्मृति गाउँपालिकाको बेरुजु ५ करोड ३५ लाख ४३ हजार ४६५ पुगेको छ । आव २०७९÷०८० सम्ममा ७ करोड ३८ लाख २८ हजार बेरुजु पुगेकोमा २ करोड ४० लाख ३४ हजार ३७८ फस्र्यौट भएको छ ।
सो गाउँपालिकामा ३७ लाख ४७ हजार ८४३ बेरुजु आव २०८०÷०८१ मा थप भएको महालेखाको प्रतिवेदनले औल्याएको छ । जसमा असुल गर्नुपर्ने २ लाख ६० हजार ५८२, अनियमित भएको ९ करोड ८७ लाख ८७७, प्रमाण कागजात पेश नभएको २ करोड ४८ लाख आठ सय र पेस्की २२ करोड ५० लाख ५८४ देखाएको छ ।
त्रिवेणी गाउँपालिका बेरुजु १ करोड ५३ लाख २ हजार ९९२ रहेकोमा असुल गर्नुपर्ने २७ लाख ८७ हजार ६५९, अनियमित भएको ८७ लाख ९५ हजार ८ सय २६, प्रमाण कागजात पेश नभएको ११ करोड ८५ लाख ६४ रुपैया र पेस्की २५ लाख ३४ हजार ४ सय ४३ रहेको छ । अघिल्लो वर्षको बेरुजु ८ करोड ४९ लाख ९० हजार ७ सय ५१ रहेकोमा यस वर्षकोसहित सो गाउँपालिकाको बेरुजु कुल बेरुजु १० करोड २ लाख ९३ हजार ७४३ पुगेको छ ।
थबाङ गाउँपालिकाको बेरुजु १ करोड ९५ लाख ५५ हजार ४ सय २२ रहेकोमा असुल गर्नुपर्ने ६ लाख २ हजार, अनियमित भएको १ करोड ७९ लाख २६ हजार १ सय ५६ र प्रमाण कागजत पेश नभएको १० लाख २७ हजार २३५ रहेको छ ।
अघिल्लो आवसम्मको बेरुजु १४ करोड ७२ लाख १७ हजारमा ४५ लाख ३८ हजार ६ सय ५४ फस्र्याैट भएको देखिएको छ । सो गाउँपालिकामा १४ करोड २६ लाख ७८ हजार ३४६ बेरुजु बाँकी रहेकोमा यस वर्षसम्मको कुल बेरुजु १६ करोड २२ लाख ३३ हजार ७६६ पुगेकोे छ ।
सुनछहरी गाउँपालिका बेरुजु १ करोड ५९ लाख ९५ हजार ३ सय ५२ रहेकोमा असुल गर्नुपर्ने ६ करोड ८३ लाख ७ सय ५२, अनियमित भएको १ करोड २८ लाख ४५ हजार ५ सय १६, प्रमाण कागजात पेश नभएको २४ लाख ६६ हजार रहेको छ ।
अघिल्लो आवसम्मको बेरुजु ८ करोड ८४ लाख ३३ हजार रहेकोमा ६६ लाख ५६ हजार ०६६ फस्र्याैट भएको छ । ८ करोड १७ लाख ७६ हजार ९३४ बाँकी बेरुजु रहेकोमा यस वर्षसम्मको कुल बेरुजु ९ करोड ७७ लाख ७२ हजार २ सय ८६ पुगेको छ ।
रुन्टीगढी गाउँपालिका बेरुजु १ करोड २३ लाख ९९ हजार ७ सय १७ रहेकोमा असुल गर्नुपर्ने १० लाख ६१ हजार ६७०, अनियमित भएको २६ लाख २२ हजार ३ सय १० र प्रमाण कागजात पेश नभएको ८७ लाख १५ हजार ७ सय ३७ रहेको छ ।
अघिल्लो वर्षसम्ममा ८ करोड ५३ लाख ९३ हजार बेरुजु रहेकोमा ३ करोड ५८ लाख ८२ हजार १ सय ४६ फस्र्यौट भएको छ । ४ करोड ९५ लाख १० हजार ८ सय ५४ बेरुजु बाँकी रहेकोमा यस वर्षसहित कुल बेरुजु ६ करोड १९ लाख १० हजार ५ सय ७१ पुगेको छ ।