गोरक्ष समाचारदाता
दाङ, ११ साउन । नेशनल प्याब्सन दाङले शिक्षकलाई पेसागत क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । नेशनल प्याब्सनमा आबद्ध देउखुरी क्षेत्रका विद्यालयका शिक्षकका लागि नेसनल प्याब्सन दाङले तालिम सञ्चालन गरेको हो ।
शनिवार लमहीमा सञ्चालन गरिएको तालिममा देउखुरी क्षेत्रका नौ वटा विद्यालयका एक सय ६५ जना शिक्षकको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्का रहेका छन् ।
नेसनल प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा नेसनल प्याब्सनका केन्द्रीय सदस्य नरेश आचार्यको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन कार्यक्रम गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले शिक्षकको सिप र क्षमता अभिवृद्धिका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सचिव टोपेन्द्र खनाल, नेसनल प्याब्सन लमही नगर संयोजक भक्त खनाल, राप्ती गाउँपालिका संयोजक चम्पकसिंह कार्की, गढवा गाउँपालिका संयोजक निर्मल रावतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेसनल प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण नेसनल प्याब्सन दाङका सहकोषाध्यक्ष दीपक खड्काले गरेका थिए ।