शिक्षणमा गुणस्तरीयताको मापन

युवराज शर्मा

नेपालको शिक्षा प्रणाली मनोविज्ञानमा आधारित कक्षा १ मा भर्ना भएको विद्यार्थीे जब एसइई परीक्षा दिन्छ । त्यसको नतिजा नै मापनको आधार हो । अहिले एसइई परीक्षा एउटा नाप्ने आधार भएको छ ।

सामुदायिक स्कुलको शिक्षणलाई दश मापन हुन्छ भने संस्थागत स्कुलको शिक्षणको मपान १३ वर्षपछि गरिन्छ । यस्तो भिन्नता किन ? यो प्रश्नको उत्तर अनुत्तारित भएको छ । किनकि वि.स. २०३७ सालदेखि शिक्षामा निजी स्कुलहरुको महत्व दियो ।

सामुदायिक स्कुलहरुमा पढाउने शिक्षकहरुले आफ्ना छोराछोरीलाई आफूले पढाउने स्कुलहरुमा नपढाएर संस्थागत स्कुलहरुमा पढाउन लागे । उनीहरुलाई आफ्नो पढाप्रति विश्वास भएन ।

शिक्षणमा गुणस्तरीयताको मापन कहिले कहाँ, कसरी गर्ने ? विषय छलफलको भएन । यसले समाजमा पार्ने प्रभावमा निर्भर हुन्छ भन्छन्– अनुसन्धानकर्ताहरुले । अहिले ४ जिपिए ल्याएका छात्राहरु भन्छन्– शिक्षण सुधार नल्याए सामना हाम्रो शिक्षा शिक्षणमा गुणस्तरीयता आउँदैन । हामी जस्ता गरिब विद्यार्थीले सरकारी स्कुलबाट परीक्षा दिएर एसइईमा फोर जिपिए ल्याउनु पढाइको उपलब्धी होइन ।

पढाइ अनुसारको सरकारी स्तरबाट आएको प्रश्नपत्र नै हो । स्कुलमा पढाइ नगर्ने, तर घरमा मेहनत गरेर पढेको आधारमा गरिब विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गरेका हुन् । उनको भनाईलाई आम नागरिकहरुले ठिक भनाई मान्छन् ।

सामुदायिक स्कुलहरुमा पढाउने अधिकांश शिक्षकहरु झोले बन्न बाध्य छन् । यही नेताको झोले बन्न सकेनन् भने सरुवा, घटुवा बढुवा बन्द हुन्छ । उनीहरु तिरस्कृत बन्छन् । अन्तमा घृणाका पात्र बन्छन् । शिक्षणपेसा पनि ज्ञान र सिप विकासको पेसा बन्न सकेको छैन ।

त्यसमा पनि नेताका छोराछोरी, भाइभतिजा, साला जेठान, जुवाई भिनाजु, दिदिबहिनी सालासाली, श्रीमती बुहारी भएमा नपढाएर तलब भत्ता पाउने गर्छन् । त्यस्ता व्यक्तिहरुसँग हेडमाष्टर पनि डराउँछन् । डर र त्रासमा शिक्षकहरुको शिक्षण पेसा चलेको पाउँछौ ।

यसले के देखाउँछ भने नेपालको शिक्षा नेताको चाकडी र चाप्लुसीमा सीमित छ । पढाइको स्तर पनि बढेन । शिक्षामा गुणस्तरीयता मापन गर्ने आधार भएको छ– परीक्षा प्रणाली । शिक्षकहरुको शिक्षण सिप र विषयगत ज्ञान बढ्न सकेको छैन ।
सामुदायितक होस् वा संस्थागत बोर्डिङ स्कुल होस् कतै पनि छात्रछात्राहरुले विषयगत ज्ञानको सिपलाई विकास गरेको पाइन्न । गहन अध्ययन नगरेर किताबी ज्ञानका आधारलाई हेर्दा विद्यार्थीहरुमा सुनाई, बोलाई, पढाइ, लेखाइको विकास भएको पाइन्न । कतिपय शिक्षकहरु समेत अनविज्ञ छन् । उनीहरुले पढाएको स्तर मापन पनि परीक्षा प्रणाली हो । जहाँ रेट मात्र हुन्छ, त्यहाँ मेजरमेण्ट हुन सकेको छैन ।

अहिले नेपालमा सामुदायिक स्कुलहरुको दश वर्षमा एसइई परीक्षामा सामेल हुन्छन् । आफ्नो नतिजा देखाउँछन् । त्यसै नतिजालाई देखाएर हाम्रो गुणस्तरीय पढाइ भन्छन् । शिक्षाको गुणस्तरीयता मापन पढाइ भन्छन् । शिक्षाको गुणस्तरीयता मापन त्यस्तो आधार मानिन्न । उच्च शिक्षाको नतिजा प्रकाशित भएपछि स्कुलीय शिक्षाको स्तर मापन हुन्छछ ।

कति विद्यार्थीहरुले कक्षा १२ को परीक्षा उत्तीर्ण गरे । त्यसबाट मापन हुन्छ भन्नेहरु पनि छन् । विषयगत ज्ञान नभएका विद्यार्थ पढ्न स्कुल आउँछन् । त्यस्तले कसरी ज्ञान गर्न सक्छन् ? भन्ने शिक्षकहरु पनि छन् । त्यस्ता शिक्षकहरुला विषयगत ज्ञान हुन्न तैपनि शिक्षक बनेका छन् । उनीहरुको पढाएबाटभन्दा एसइई परीक्षामा भाग्यले विद्यार्थीहरु पास हुन्छन् । त्यसलाई स्तरीयताको मापन गर्न सकिन्न ।

शिक्षकमा ज्ञान र सिप हुनुपर्छ । जबसम्म शिक्षकहरु विषयगत ज्ञानक हुँदैनन् । तबसम्म उनमा शिक्षण सिपको अभाव रहन्छ । त्यस्ता शिक्षकहरुबाट पढाइने ज्ञान र सिपलाई गुणस्तरीयताको मापन गर्नु व्यर्थ काम हुन्छ ।