गोरक्ष समाचारदाता
दाङ, ८ साउन । नागरिक समाज दाङले जिल्ला सवारी दुर्घटना न्युनीकरण गर्दै ट्राफिक नियम पालनामा कडाइ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
समाजको बुधबार घोराहीमा बसेको नियमित बैठकले जिल्लामा सवारी दुर्घटनामा परेर अकाल ज्यान गुमाउनुका साथै घाईते भई अङ्गभङ्ग हुने तथा सवारी साधनमा क्षति पुग्दा ठूलो भौतिक र आर्थिक नोक्सानी भईरहेको भन्दै सवारी दुर्घटना न्युनीकरणमा प्रभावकारी भुमिका निर्वाह गर्न र ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।
यसैगरी, नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डी दाङको नेतृत्वमा अन्तर्राष्ट्रिय योगा महोत्सव २०८२ आगामी असोज २५,२६ र २७ गते हुने भएको हुँदा उक्त महोत्सव सफल बनाउन समाजका तर्फबाट सबैलाई अनुरोध गरिएको छ ।
नागरिक समाजले दाङको घोराही ५ धारापानी र घोराही १७ गुलरियामा जारी शिव पुराण तथा श्रृङ्गारिक महाआरती सफलतापूर्वक सम्पन्न गर्न सक्दो पहल गर्ने निर्णय गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।