नेविसंघ दाङले बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम हुनेलाई दश हजार पुरस्कार

दाङ,७ साउन । नेपाल विद्यार्थी संघ दाङले जिल्लास्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । नेपाली कांग्रेसका सस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा घोराहीमा जिल्लास्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको नारासहित ‘शिक्षा विधेयक र विद्यार्थी आन्दोलन ः किन जरुरी छ, आवाज उठाउन’ भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता गर्ने लागेको हो । बक्तृत्वकला प्रतियोगिता साउनको ९ गते शुक्रवार घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसमा हुन थालेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिएका छन् ।

विद्यार्थीहरूमा शिक्षा नीति र विद्यार्थी आन्दोलनको महत्वका बारेमा जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताए । नेविसंघ दाङका अध्यक्ष पोख्रेलका अनुसार प्रतियोगिता बिहान ११ः३० बजेदेखि सुरु हुने भएकाले प्रतियोगितामा सहभागीताका लागि सम्पूर्ण विद्यार्थीलाई अनुरोध गरेको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीले नगद १० हजार रुपैयाँ, दोस्रो हुने विद्यार्थीले सात हजार पाँच सय र तेस्रो स्थान लिने विद्यार्थीले नगद पाँच हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।