मेरो खुशी : जिन्सपाइन्ट किनेर लगाउँदा …

सधै कर्ममा विश्वास गर्छन् । सानैदेखि उनको जीवन संर्घषमै बित्यो । करिब ११ वर्षको उमेरमा नै प्रदेशिएका उनीले भारतमा विभिन्न ठाउँमा रोजगार गर्दै व्यापारको सिलसिलामा दाङ आएको बताए । अर्घखाँचीको ढाकाबाङ हाल भूमिका स्थान नगरपालिका–१ जन्मिएका केशव खनालले आफ्नो कर्मथलो दाङलाई बनाएका छन् ।

भारतबाट दाङ आएर २०६४ सालमा मोवाइल मर्मतको व्यवसाय सुरु गरेका खनालका जीवन संघर्ष भित्रका खुसीहरू धेरै छन् । उनले भारतको दिल्लीमा बसेर रोजगारका साथै आफ्नो स्कुल लेवलको शिक्षा पूरा गरेको बताउँछन् ।

भारु ५० रुपैयाँ तलबबाट आफ्नो जागिर सुरु गरेका खनालले आफ्नो पहिलो खुसी आफूले कमाएको तलबबाट जिन्सपाइन्ट किन्दाको दिन लागेको सम्झिए । उनलाई सानो हुँदा जिन्सपाइन्ट लगाउने रहर खुबै थियो । कक्षा ५ पढ्दा पढ्दै ११ वर्षको उमेरमा भारत गएका खनालले ६० रुपैयाँ हालेर जिन्स पाइन्ट किनेको सम्झिए ।

‘सायद त्यही २०४९ सालमा मैले भारतको दिल्लीमा एउटा हाटजारमा ६० रुपैयाँमा जिन्सपाइन्ट किने त्यो पनि कोठामा आएर हेर्दा चैन बिक्रिएको रहेछ फेरि साटेर लिए अनि लगाए’ खनालले भने । खनालले जिन्सपाइन्ट किनेर लगाउन पाउँदाको दिन आफू निकै खुसी भएको सम्झिए । त्यति बेला जिन्सपाइन्टको महत्व र लगाउने रहर धेरै हुने गरेको उनी बताउँछन् ।

त्यस्तै खनालले अर्को खुसी लमहीमा पहिलो पटक मोवाइल मर्मत पसल खोल्दा लगेको सुनाए । भारतबाट मोवाइल मर्मतको काम सिकेर आएको र त्यो सिप दाङमा आएर प्रयोग गरेको बताए । ‘मैले पहिलो पटक लमहीमा २०६४ सालमा मोवाइल मर्मत सेन्टर खोलेको थिए त्यतिबेला भालुबाङमा मात्र टावर थियो लमहीमा थिएन’ खनालले भने ।

उनले श्रीमतीले मोवाइल मर्मतका तालिम सिक्नुपर्छ भनेर भारतमा अरू काम छोडेर आफूले मोवाइल मर्मत तालिम सिकेको बताए । त्यस्तै भारतमै विवाह बन्धनमा बाधिएका खनालले २०६० सालमा घरमा लक्ष्मीको रुपमा छोरीको जन्म हुँदा पनि निकै खुसी लागेको सुनाए ।

खनालले सानै देखि केहि न केहि नयाँ काम गर्नु पर्छ भने आफुमा हुटहुटि हुने गरेको भन्दै नयाँ काम गर्न पाउँदा पनि आफु खुसी हुने गरेको बताउछन् । तुलसीपुरमा देउराली स्कुल यूनिफम पसल सञ्चालन गरेका खनालले आफुहरूले दाङमा पहिलो पटक रेडिमेट कपडाका लागि ग्रामेट खोलेको भन्दै त्यसमा पनि खुसी लागेको सुनाए ।

‘मैले जहिले पनि नयाँ काम गर्नु पर्छ भन्ने विचार राख्थे दाङमा पनि हरि गौतम र म मिलेर रेडिमेट कपडा सिलाउने ग्रामेट पहिलो पटक खोलेर धेरैलाई रोजगारी दिएका छौँ, यसमा पनि मलाई निकै खुसी लाग्छ’ खनालले भने । खनालले अर्को खुसी छोरालाई राष्ट्रिय क्रिकेटर बनाउन पाउँदा लागेको सुनाए ।

२०६८ सालमा लमहीमा सन २०१४ को वल्डकपमा छोरालाई काखमा राखेर प्रोजेक्टरबाट क्रिकेट खेल हेरेको उनले सम्झिए । त्यस पछि छोरालाई क्रिकेट खेलाडी बनाउनु पर्छ भनेर भारतको दिल्लीमा छोरा शुभम खनाललाई ६ वर्षको हुँदा लगेर गएको र त्यहाँ भर्ना नगरेर फर्किएको बताए ।

‘भारतमा छोरालाई भर्ना मैले गर्न सकेन त्यसको ३ दिन पछि कर्णाली प्रिमियम एक्सोपोमा मैले सोमपाल कामीलाई भेटे उहाँले क्रिकेटर शक्ति गौचनसँग सम्पर्क गराउनुभयो अनि मैले उहाँको न्यूहोराइजन क्रिकेट क्लबमा शक्ति गौचनलाई भेट्दा पनि मलाई निकै खुसी लागेको थियो’ खनालले भने ।

उनले शक्ति गौचन आफूलाई पहिलेदेखि नै मन पर्ने र उहाँको क्लबमा छोरालाई राख्न पाउँदा अर्को खुसी लागेको सुनाए । उनले छोराको पनि क्रिकेट प्रतिको लगाप र आफ्नो इच्छा पनि पूरा हुँदा निकै खुुसी लागेको सुनाए ।

त्यो सँगै छोरा शुभमले दाङमा भएको छनोटमा टिममा पर्न सफल भएको टिममा प¥यो भनेर शक्ति गौचनलाई फोन गर्दा खुसीका आँसु झरेको सम्झिए । त्यस्तै जिल्ला प्रदेश हुँदै नेपाली यू–१६ क्रिक्रेटर नेपालको टिममा छोराको नाम पर्दा अर्को खुसी लागेको सुनाए ।

खनालले छोराको कुरा गर्दै गर्दा खुुसीका आँसु खसाल्दै नेपाली यू–१६ टोली अन्तर्गत एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको दिन निकै खुसी भएको सुनाए । खनालले सानै उमेरमा छोरालाई राष्ट्रिय जर्सीमा देख्न पाउँदा परिवारलाई मात्र नभई सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको भन्दै खुसी व्यक्त गरे ।

त्योसँगै उत्कृष्ट प्रदर्शन नेपाली यू–१६ क्रिक्रेटर शुभमलाई विभिन्न ठाउँमा सम्मान अभिन्नदन गर्ने गरेको र आफू पनि त्यहाँ छोरा लिएर जान पाउँदा निकै गौरवको अनुभूति हुने गरेको उनले बताए । उनले छोराले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र आफूहरूको गौरव बढाएको भन्दै खुसी व्यक्त गरे । खनालले नेपालका पूर्वकप्तान शक्ति गौचनको प्रशिक्षणमा खारिएका शुभमले आफूलाई लेफ्ट आर्म स्पिन बलरका रूपमा स्थापित गरेको भन्दै खुसी व्यक्त गरे ।
प्रस्तुती ः बालाराम खड्का