calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

राज्यले पर्यटक भित्र्याउने वातावरण निर्माण गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ [अन्तर्वार्ता]

पछिल्लो समय दाङ जिल्लामा साना तथा ठुला होटेलहरुमा लगानी बढ्दै गएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा स्थापना भएसँगै दाङ तथा देउखुरी उपत्यकामा लगानीकर्ता बढेसँगै ठुला तथा साना होटेल खुल्ने क्रम जारी रहेको छ । यसरी होटेल व्यवसायका क्षेत्रमा लगानी बढ्दै जाँदा आर्थिक क्षेत्र चलायमानसँगै रोजगारीका अवसरहरू समेत सिर्जना भएका छन् ।

तर, कतिपय होटेल व्यवसायीका कारण समग्र होटेल व्यवसायीलाई गलत रुपमा हेर्ने गरेको पाइन्छ । होटेल व्यवसाय पर्यटनमैत्री बनाउनका लागि होटेलमा हुने विकृति जन्य गतिविधि रोक्नु पर्ने देखिन्छ । समयको परिवर्तन तथा होटेल क्षेत्रमा सुधारसँगै हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको पाइन्छ । ठुलो लगानीमा सञ्चालनमा रहेका होटेलसँगै जिल्लाको समग्र होटेल व्यवसायीको अवस्था, सम्भावना र चुनौतीका विषयमा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका होटेल एशोसियसन संघ दाङ (हान) का अध्यक्ष नरेशकुमार श्रेष्ठसँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानी सार संक्षेपमा ।

— गोरक्ष सातावार्तामा यहाँलार्ई स्वागत छ ?

धन्यवाद तपाई अनि गोरक्ष दैनिक परिवारलार्ई । मेरो केही कुरा राख्ने अवसर दिनुभएकोमा ।

— होटेल एशोसियसन (हान) भनेको कस्तो संस्था हो ?

यो ठुलो लगानीमा सञ्चालनमा रहेका होटेलहरूको संस्था हो । यसमा सबै होटेलहरू सदस्यता हँुदैनन् ।

— अहिले होटल एशोसियसन संघले के काम गर्दै आएको छ ?

हामीले राज्यसँंग लगानीको वातावरणका लागि पहल गर्दै आएका छाँै । होटेल क्षेत्रमा रहेका समस्याका बारेमा राज्यलार्ई जानकारी गराउने र समस्याको समाधान गर्न माग गर्दै आएका छौँ । हाम्रो पहलमा केही सुधार समेत भएका छन् । यसका साथै व्यवसायीहरूलाई एकताबद्ध गर्ने काम भइरहेको छ । हामीले होटेल क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि तालिम प्रदान गर्दै आएका छाँै । जनशक्ति उत्पादन भएमा होटेल तथा सिप सिक्ने व्यक्तिलाई समेत रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता हट्ने छ ।

— जिल्लामा रहेका ठुला होटलको अवस्था कस्तो रहेको छ ?

जिल्लामा करिब २० जति ठुला होटेल रहेका छन् । अहिले कोभिड तथा आर्थिक सङ्कटको कारण हरेक क्षेत्रमा असर परेको छ । त्यसको प्रभाव ठुला होटेल क्षेत्रमा पनि देखिएको छ । यसबाट हामी पनि अछुतो छैनौँ । अहिले जसोतसो चलेका छन् । कर्मचारीको खर्च तथा व्यवस्थापन गर्न उनीहरूलाई ठिक्क रहेको छ ।

— होटेल क्षेत्रलार्र्ई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएकोे छ ?

होटेल भनेपछि सबैलाई एउटै नजरले हेर्ने गरेको पाइन्छ । होटेल भनेको मानिसको आफ्नो घर पछिको दोस्रो घर हो । यसलार्ई पाहुना घरको रूपमा समेत लिइने गरिन्छ । पहिल्लो समय होटेललार्ई हेर्ने दृष्टिकोणमा समेत फरक आएको छ ।

नागरिकमा सचेतना तथा लगानी बढेसँगै हेर्ने दृष्टिकोणमा समेत सकारात्मक बन्दै गएको हो । केही समय अघिसम्म होटेल व्यवसायलार्र्ई हेर्ने दृष्टिकोण भने फरक रहेको थियो । यसका लागि व्यवसायीहरूले समेत आफ्नो व्यवसायलार्र्ई सुधार लगेर लग्न जरुरी रहेको छ ।

आफ्नो क्षेत्रको सुधार गर्न आफै नै लाग्नु पर्दछ । आफू लागेमा मात्र होटेल क्षेत्रमा हुने विकृति रोक्न सकिन्छ । केही होटेल व्यवसायीका कारण सिङ्गो होटेल व्यवसाय नै बदनाम भएका छन् । यो राम्रो पक्ष होइन् । होटेलमा पारिवारिक वातावरण हुनुपर्छ ।

— ठुला होटेल व्यवसाय सञ्चालन गर्दा के कस्ता चुनौती रहेका छन् ?

हरेक काम गर्दा चुनौती भोगेर अगाडि बढ्नु पर्ने हुन्छ । चुनौती नभएको क्षेत्र कतै छैन । ठुला तथा साना होटेले सञ्चालन गर्दा पनि विभिन्न समस्या भोग्दै अगाडि बढ्नु परेको छ । हरेक समस्या आउँछन् समस्यालार्ई समाधान गर्दै अगाडि बढ्न सक्नुपर्दछ ।

पछिल्लो समयमा कोभिडले गर्दा होटेल व्यवसायीहरूलार्र्ई सडकमा आउने बनाएको छ तर राज्यकोतर्फबाट केही सहयोग व्यवसायीले पाउन सकेनन् । राज्यले अभिभावकीय जिम्मेवारी निर्वाह पूरा गर्न सकेको छैन । काम गर्ने दक्षजनशक्ति समेत पाउन समस्या रहेको छ । आफैले जनशक्ति उत्पादन गर्नु अवस्था रहेको छ ।

आफैले जनशक्ति उत्पादन गरेर काम गर्दा यसले केही मात्रामा भए पनि सहज भए पनि समस्याको समाधान भने हुन सकेको छैन । उत्पादन भएका दक्षजनशक्ति बाहिर जाने क्रम बढ्दै गएको छ । त्यसैगर्दा जिल्लामा जनशक्तिको समयस्या हुने गरेको हो । देश बाहिर गएर काम गर्दा धेरै पैसा कमाइने तर जिल्लामा बाहिरभन्दा कम हुने भएकाले बाहिर जानेको सङ्ख्या बढेको हो ।

होटेल तथा व्यवसायीलार्ई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । राज्यले खाली राजस्व सङ्कलन गर्ने मात्र गरेको छ । व्यवसायीले गरेको लगानी समेत सुरक्षित गर्ने वातावरण निर्माण हुन सकेको छैन ।
राज्यले सुरक्षा दिएर होटेल सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने भए पनि त्यस प्रकारको वातावरण हुन सकेको छैन । व्यवसायमा समयको सीमा लगाउने गरिएको छ । यसो गर्न नसक्दा होटेल व्यवासायीले समस्या भोग्दै आएका छन् । ठुला होटेललाई उद्योगको मान्यता दिए संगै विद्युतमा सहुलीयत पाएका छन् । सबैले पाउन सकेका छैनन् ।

— राज्यकोतर्फबाट होटेल व्यवसायीलार्र्ई के गरिदिन आवश्यक छ ?

होटेल पनि एक उद्योग हो । राज्यले उद्योग सरह मान्यता दिएर सहुलियतामा ऋणको व्यवस्था, कर छुट दिने व्यवस्था गराउनु पर्दछ । राज्यले व्यवसाय गर्न वातावरणको सिर्जना गरिदिने, तालिमको व्यवस्था गरिदिनु पर्दछ । अहिले व्यवसाय गर्ने वातावरण निर्माण हुन सकेको छैन । जसले गर्दा लगानी गरेकाको लगानी जोखिम रहेको छ भने नयाँ लगानी गर्न चाहने समेत पाउन छाडेका छन् । यस प्रकारको कार्य राम्रो होइन ।

होटेलको पनि वर्गीकरण गर्न जरुरी रहेको छ । निश्चित मापदण्ड बनाएर वर्गीकरण गरिनु पर्दछ । कुन स्तरको होटेल हो भनेर निगरानी समेत गर्न आवश्यक छ । राज्यले उचित निगरानी गर्न सकेमा विकृति रोक्न समेत सहयोग पुग्ने छ । पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्दछ । यसका लागि पर्यटन क्षेत्रमा पूर्वाधारको विकास गर्न जरुरी रहेको छ ।

पर्यटक भित्र्याउन सकेमा होटेल व्यवसाय चलाउन सकिने छ । पर्यटकहरू आउनका लागि पर्यटकीय क्षेत्रको विकास, सहज यातायात सुविधा तथा हवाई सेवाको सुविधा हुनुपर्दछ तर दाङमा अहिले त्यस प्रकारको अवस्था देखिँदैन ।

नियमित हवाई सेवा छैन । सडकको अवस्था समेत सहज छैन । यसले बाहिरबाट आउने नागरिक समेत मन गर्दैनन् । भारतबाट आउने पर्यटकले समेत विभिन्न नाममा सास्ती भोग्दै आएका छन् । पर्यटकहरूले दुःख पाउँदा फेरि उनीहरू आउँदैनन् । जिल्लामा भारतीय पर्यटकहरू सहज रूपमा भित्र्याउन सकेमा यस क्षेत्रको विकासमा सहयोग पुग्ने गर्दछ ।

पर्यटक भित्र्याउनका लागि जिल्लामा धेरै धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रहरू रहेका छन् । यसको सदुपयोग हुन सकेको छैन् । पर्यटकहरू सङ्ख्यामा वृद्धि भएमा होटेल क्षेत्र मात्र नभई सम्रग जिल्लाको आर्थिक चलायमान गराउन भूमिका खेल्दछ ।

— अन्त्यमा केही भन्नु छ ?

तपाई तथा गोरक्ष परिवारलार्ई धन्यवाद दिन चाहन्छु । होटेल एशोसियसन संघको तर्फबाट मेरो विचार राख्ने अवसर दिनुभएकोमा । होटेल क्षेत्रमा आउनेलार्र्ई मेरो सुझाव व्यवसायमा आउनभन्दा पहिले योजना बनाएर आउन अनुरोध छ ।

व्यवसायमा आएपछि के गर्ने, कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउन जरुरी छ । योजना र भिजन हुन नसकेमा कुनै पनि स्थानमा सफलता हासिल गर्न सकिँदैन । नयाँ आउनेलार्ई मेरो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको छु । पैसा कमाउनका लागि मात्र व्यवसाय गर्ने होइन ।

समाजिक सेवाको दृष्टिले अगाडि बढ्नु पर्दछ । होटेलमा पारिवारिक वातावरण बनाउनु पर्दछ । राज्यले व्यावसायलार्ई सहजरूपमा शुलभ रूपमा ऋण पाउने व्यवस्था मिलाई दिनुपर्दछ । लगानी गर्ने वातावरणको सिर्जना गर्नुपर्दछ । जससम्म लगानी गर्ने वातावरणको निर्माण हुँदैन तबसम्म कसैले पनि लगानी गर्दैनन् ।

लगानी गर्नेको लागि राज्यले निजी क्षेत्रलार्ई आकर्षक गर्ने योजना ल्याउनु जरुरी रहेको छ । पर्यटक भित्र्याउन सकेमा होटेल व्यवासाय चलाउन सकिने छ । पर्यटक आउनका लागि पर्यटकीय क्षेत्रको विकास, सहज यातायात सुविधा तथा हवाई सेवाको सुविधा हुनुपर्दछ तर दाङमा अहिले त्यस प्रकारको अवस्था देखिँदैन । नियमित हवाई सेवा छैन ।

सडकको अवस्था समेत सहज छैन । यसले बाहिरबाट आउने नागरिक समेत मन गर्दैनन् । यसतर्फ राज्यले ध्यान दिनुपर्दछ । राज्यले निजी क्षेत्रवाट राजस्व सङ्कलन गर्ने मात्र नभई उनीहरूलार्ई पनि सेवा सुविधा दिन सक्नुपर्दछ । व्यवसाय चलेमा मात्र देशमा रोजगारीको सिर्जना हुने तथा आर्थिक रूपमा देशलार्ई अगाडि बढाउन सकिन्छ । हामी राज्यसँग सहकार्य गर्न सधैँ तयार छाँै ।