घोराही, ५ साउन । नेवा मिसाः दबुका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पदभार ग्रहण तथा सपथ ग्रहण गराउने भएको छ ।
नवनिर्वाचित अध्यक्ष रेनु श्रेष्ठको अध्यक्षता तथा समाजसेवी तथा जेष्ठ नागरिक सुन्दरीदेवी श्रेष्ठको प्रमुख अतिथ्यता एवं संस्थापक अध्यक्ष भवानी राजभण्डारीको विशिष्ट आतिथ्यमा पदभार ग्रहण तथा सपथ ग्रहण कार्यक्रम भएको हो ।
कार्यक्रममा उपाध्यक्ष राधा श्रेष्ठले स्वागत मन्तव्य दिँदै सहभागीप्रति आभार प्रकट गर्नुभयो। प्रमुख अतिथि सुन्दरी देवी श्रेष्ठले नेवार समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचान जोगाउन आजको आवश्यकता रहेको बताएकी थिइन । उनले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने दिशामा संस्थाले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा नेवार समाज दाङकी उपाध्यक्ष मंगला श्रेष्ठ, कोषाध्यक्ष रन्जु श्रेष्ठ, सल्लाहकार लक्ष्मी श्रेष्ठ, टिका श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । गत हप्ता सम्पन्न दोस्रो अधिवेशनले रेनु श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो ।
समितिमा उपाध्यक्ष राधा श्रेष्ठ, महासचिव रजनी श्रेष्ठ, सचिव प्रीति श्रेष्ठ, कोषाध्यक्ष रन्जु श्रेष्ठ र सदस्यहरू अनिता श्रेष्ठ, बालिका श्रेष्ठ, रन्जिता श्रेष्ठ, लीला श्रेष्ठ, दुर्गा श्रेष्ठ तथा सुमित्रा श्रेष्ठ रहेका छन भने सल्लाहकारमा मंगला श्रेष्ठ र लक्ष्मी श्रेष्ठ चयन भएका छन् । नयाँ पदाधिकारीलाई प्रमाणपत्र वितरण, पदभार हस्तान्तरण तथा सपथ ग्रहण गराउने कार्यक्रमको सञ्चालन महासचिव रजनी श्रेष्ठले गरेकी थिइन ।