घरायसी विवादमा श्रीमतीको हत्या

गोरक्ष समाचारदाता
दाङ, ३ साउन । बंगलाचुली गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बंगलाचुली–४ जुम्लेपानी निवासी जागेश्वर पुनले श्रीमतीको हत्या गरेका हुन् ।

पुनले ५० वर्षीया श्रीमती गोमा पुनको लट्ठी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहिबार राति करिब १० बजे घरायसी विवाद भएपछि पुनले लठ्ठीले हानेर श्रीमतीको हत्या गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान–श्रीमतीबिच लामो समयदेखि विवाद हुँदै आएको र पछिल्लो समय मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । सोही क्रममा विहीवार राति श्रीमानश्रीमतीबिच झगडा भएको र त्यही क्रममा श्रीमानले लठ्ठीले श्रीमतीलाई हान्दा मृत्यु भएको प्रहरी चौकी कमिरेचौरले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न ४८ वर्षीय श्रीमान् पुनलाई घरबाटै शुक्रवार नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।