गोरक्ष समाचारदाता
दाङ, ३ साउन । महेन्द्र बहुमुखी क्याम्पस, दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा ‘वैदेशिक अध्ययन ः रहर कि बाध्यता’ विषयक वादविवाद प्रतियोगिता भएको छ । प्रतियागिता स्ववियु सभापति दीपेश डाँगीको अध्यक्षता तथा क्याम्पस प्रमुख नारायण पन्थीको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रतियोगितामा मदन परियार प्रथम, चन्द्रप्रकाश नेपाली द्वितीय र बन्धना न्यौपाने तृतीय भएका थिए । उनीहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा प्राध्यापकहरू दिवाकर शर्मा, सुदीप गौतम र अम्बिका डाँगी थिए । स्ववियु सदस्य दीपक केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्ववियु सचिव सागर पण्डितले गरेका थिए ।
स्ववियुले यस्ता खालका कार्यक्रमले विद्यार्थीमा समसामयिक विषयमा तर्क, विश्लेषण र सार्वजनिक प्रस्तुति दिने क्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी गराएको थियो ।