कविता : जीवनशैली

 

श्रीराम दहित

परम्परागत काम कुरामा अल्झी जीवन नबिताऔं
विवेकशील मर्यादित जीवनशैली सबैले बिताऔं

घर–घरमा बिहंगम भजनसँगै सुप्रभात शुभारम्भ होस्
जल, जंगल र जमिनसँग सधैं आत्मीय प्रेम बसोस्

दुर्लभ दुर्गम हुँदैछन् अमृतमय हिमाल पहाड तराई
गाउँ सहर जताततै विषालु प्राणवायु देश प्रेम पराई

अप्राकृतिक अमर्यादित जीवनशैली मुल हो कारण
चेतावनीबाट चेतना खुलोस् किन सधैं अन्जान

संसार सारा धन सम्पत्तिको अस्वस्थ प्रतिस्पर्धामा देखिन्छ
जीवनमूल्य बुझ्न नपाई निराश चारैतिर देखिन्छ

विलासिता जीवनशैली सम्पत्ति लक्ष्य हुँदा सधैं गरिबी
संकट पर्दा करोडपति समेत व्यावहारिक रुपमा गरिबी

श्रेष्ठ उत्कृष्ट मूल्य मान्यताको गरिमा गान गाऔं
मर्यादित उच्च जीवनशैली हामी सबैले अपनाऔं

सनातन संस्कृति संस्कारलाई साझा मुलमन्त्र बनाऔं
स्वयम् सेवामा अभिप्रेरित भई देश निर्माणमा लागौं

पशुपंक्षी, पाखा, पर्वत, सूर्य, चन्द्र होउन् वा तारा
कृतज्ञ सद्भाव उनीहरुको पुजनीय छन् सारा

सेवा सद्भावको उच्च कर्मले सबैलाई खुसियाली
अपमान सहनु गर्नु सधैं समाज पीडित दुःखदायी

सादा जीवन उच्च विचार लक्ष्य हाम्रो व्यवहार
अभिनन्दित मर्यादित जीवनशैली साझा सरोकार