गरिबको आँसु बगेको

युवराज शर्मा

नेपालको जनसंख्यामा ३० प्रतिशत गाउँमा बस्छन् भने ७० प्रतिशत मानिसहरु सहर बजार क्षेत्रहरुमा बस्ने गर्छन् । सहर बजारमा बस्नेहरुले व्यापार, ठेक्का, पट्टा र अन्य आम्दानीका स्रोतहरु जुटाउँछन् । त्यसैबाट आर्थिक समस्याहरु गर्छन् । उनीहरुलाई बैंकहरुले पनि ऋण लगानी गर्छन् ।

बैंकको ऋण पाउनेहरु अधिकांश व्यक्तिहरु सहर बजारका हुन्छन् । गाउँलेरुलाई बैंकले पनि पत्याउँदैन । गरिब व्यक्तिलाई माया गर्ने व्यक्ति पनि छैन । सत्तामा भएका व्यक्तिहरु पनि गरिबप्रति सहानुभूति राख्ैनन् । गाउँले भनेपछि उपेक्षा, घृणा, तिरस्कार र अमर्यादित व्यवहार सरकारमा बस्नेहरु र सहर बजारमा बस्नेहरुमा पाइन्छ । चाहे त्यो गाउँले पढेलेखेको बौद्धिक व्यक्ति किन नहोस्, उसको तुलनामा सहर बजार व्यक्ति व्यक्तिलाई मान्यजन भन्छन् ।

त्यसमा पनि खेतीपाती र पशुपालन गर्ने व्यक्तिलाई घृणा गरिन्छ । जो व्यक्तिले खाद्य, तरकारी, मासु र अन्य खाद्यबस्तुहरु उत्पादन गर्छ । आत्म सन्तुष्टि अपनाउँछ । अहिले गाउँलेहरु आत्मनिर्भरमा छन् । गाउँलेहरुको जीवन खेतीपाती र पशुपालनमा बित्छ । उनीहरु गरिब र विपन्न वर्गका छन् । सम्पन्न परिवार सहर बजारमा गगनचुम्बी घरमा बस्छन् ।

खाद्य सामग्रीहरु उत्पादन गर्ने गरिब परिवारका व्यक्तिहरु हुन्छन् । उनीहरुलाई पर्ने समस्या भनेको खेती वा समयमा चाहिने रासायनिक मल, ओखती र उन्नत जातको बिउ विजन नै हो । यी बस्तुहरु किसानहरुले पैसा तिर्दा पनि उनीहरुलाई खेतीपातीमा चाहिने जग्गाका लागि पाउँदैनन् । किसानहरुसँग मात्र संकलन गरेर कसलाई नै बस्तु कति परिणाममा चाहिने हो ? त्यसको तथ्याङ्क सहकारीहरुले पनि राख्दैनन् ।

स्थानीय सरकार डिभिजन शाखाले पनि सहकारीहरुलाई निर्देशन गरेको पाइन्न । किसानले २ विगाहमा धान खेती गर्दैछन् भने उनलाई १० किलो युरिया १ किलो डिएसी पैसा तिरेर पाउँछन् । यो कार्य सरकारको दक्षिणा होकि किसानलाई गरिब देखेर सरकार हेपाहा दृष्टिकोण हो ? जनताको सरकार देखिएन । यो गरिब मारा वर्ग शत्रुको व्यवहार देखियो । अहिले गरिबको आँखामा आँसु बगिरहेको छ । उनीहरुले खेतीपातीका समयमा पैसा तिर्दा पनि पर्याप्त मल पाउँदैनन् ।

अहिले गाउँघरमा खेतीपाती गर्नेहरु गरिब परिवारहरु मात्र छन् । उनीहरुलाई खेती गर्न प्रोत्साहन गर्ने सरकार भएन । छिमेकी देश भारतमा पनि खेती गर्ने गरिब परिवारहरु छन् । उनीहरुलाई आवश्यक मात्राको मल, बिउ, किटनाशक ओखती, घरमा पु¥याई दिन्छ र उनीहरुले अन्न उत्पादन गर्छन् । त्यहाँ काम गर्न नेपालीहरु जान्छन् । उनीहरुले निर्यात गरेको चामल नेपालका सहर बजारमा बिक्छ ।

नेपालका खेतबारीमा काम गर्ने मानिसहरु पाइन्न । धेरैजसो नेपाली गरिबहरु काम गर्न नेपालबाट भारत जाने गरेको पाइन्छ । कृषिमा प्रोत्साहन नगर्ने कृषि तथा पशुपंक्षी व्यक्तिको हैकमवादी प्रवृत्ति बढ्दो छ । त्यसैका पछि लाग्नेहरु धेरै हुन्छन् । मानिसहरुमा धनपैसा कमाउने होडबाजी छ । जससँग धनपैसा छ, उसैको महत्व मानव समाजमा छ । पण्डित बाजेका लागि दान, पूजा, आजा, काजकिरिया गर्ने चलन छोट्टिँदै गयो ।

गाउँघरमा जसको बोलाकला छ, उसैको हैकम चल्छ । एकले अर्कोलाई कदर गर्ने श्रद्धा गर्ने र आदर गर्ने वातावरण रायो । विदेशीहरुले नेपाल पर्यटकीय, धार्मिक, ऐतिहासिक दृष्टिले हेर्दै आएका थिए । अब स्वार्थीहरुको जमघट थलो भयो । गाउँघर सुनसान छ । सहरमा मानिसहरु खचाखच छन् । छोराछोरी पढाउन भन्दै बुहारी र नातिनातिहरु सहर बस्न लागे ।

छोराको परदेशी जीवन बित्दै छ । घरमा पठाएको धनपैसा छोराको कमाई भयो । बुहारीहरु धनपैसामा छन् । गाउँघरमा बुढाबुढीको जीवन निखा बन्दै गयो । विदेशीहरुको नजरमा नेपाल मानव श्रम साधनहरुमा कमजोर बन्यो । हिजोका दिनमा सरकारी सम्पत्तिहरुको जर्गर्ना गर्नुपर्छ भन्ने थियो । मानवमा सेवा र धर्मको मानसिकता थियो । अहिले सरकारी सम्पत्ति निजी बनाउका छन् ।

पाटी, पौवा, धर्मशाला, पाठशालाहरु सुनसान बन्दैछन् । जाड, गाजा, भाङ, धतुरो, रक्सिमा साथमा रण्डी नचाउने विकृति बढेको छ । विदेशीको नजरमा नेपाल विकृतिको देश भएको छ ।