वातावरण संरक्षण दिगो विकासको आधार

भुवन पोख्रेल
हामी वरिपरिको परिवेशलाई वातावरण वा पर्यावरण भनिन्छ । प्रकृतिमा भएका हावा, पानी, माटो, ढुंगा, सूर्यको प्रकाशलगायत वातावरणमा पर्दछन् । हामीलाई प्रभव पार्ने जैविक तथा अजैविक तत्वहरुको समीश्रणलाई वातावरण भनिन्छ ।

हाम्रो वातावरण सम्पूर्ण प्राणीको बासस्थान भएकाले यो सबैको साझा घर हो । पृथ्वीमा मानिसलगायत सम्पूर्ण जीवजन्तु र वनस्पतिको उत्तिकै अधिकार भएकोले पानी पृथ्वी सबैको साझा घर हो । प्राकृतिक स्रोतसाधन माथि बारम्बार दोहन गर्नाले अन्य जीवजन्तु र वनस्पति लोप हुने खतरा बढेको छ ।

वर्तमान पुस्ताको आवश्यकता पूरा गर्ने क्रममा भावि पुस्ताको स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारलाई सम्झौता नगरिकन गरिने विनास बिनाको विकासलाई दिगो विकास भनिन्छ । मानिसले आफ्नो स्वार्थ पूरा गर्न प्रकृति माथि हस्तक्षेप गरिरहँदा प्रकृतिको दोहन मात्रै नभई परिस्थितिक प्रणालीमा गडबढ बभई अरु जीवात्माको अस्तित्वमा संकट आउने अवस्थाको सिर्जना भइरहेको छ ।

इकोसिस्टममा गडबढी वा संकट देखियो भने मानवीय अस्तित्वमा नै संकट निम्त्याउँछ । वातावरण संरक्षणतर्फ सचेत नभई दिँदा मानिसले नै पर्यावरणीय चेतना नहुँदा वातावरणीय सन्तुलन कायम हुन नसक्दा यसले प्राणी जगतको जीवनचक्र मै खतरा वा संकट पैदा गर्दछ । प्राणी र वातावरण बिचको अन्योन्याश्रित सम्बन्ध छ ।

प्राणीलाई बाँच्नका लागि नभई नहुने स्वच्छ हावा, पानस्, वन जंगल, हरियाली वातावरण मै उपलब्ध छन् । सबै जीवात्माले यही वातावरणभित्र आफ्नो जीवनचक्रमा सबैको अस्तित्व एकअर्कामा निर्भर हुने गर्छ । कसैले आफ्नो स्वार्थका लागि एकअर्काको दैनिकीसँग सरोकार राख्ने विषयमाथि हमला गर्न खोज्यो भने त्यसको असर सबैतिर पर्न जान्छ ।
मानिसले आफ्नो स्वार्थ पूरा गर्नका लागि वातावरणमा रहेका प्राकृतिक स्रोत साधनको दोहन गर्दै आएको छ । यसको प्रत्यक्ष असर जीव तथा वनस्पतिमा परिरहेको छ । पृथ्वी कै सबैभन्दा बढी चेतनशील प्राणी मानिसबाटै अतिक्रमण र विनाशकारी कदमले पर्यावरणीय संकट चरम रुपमा बढिरहेको छ ।
विवेकशील प्रणाली भएर पनि मानव जातिले पृथ्वीमाथि एकाधिकार जमाउने होडबाजीको परिणाम स्वरुप विश्व पर्यावरणीय संकटको भूमरीमा फसिरहेको छ । वैज्ञानिक खोज, आविष्कारले मानव जीवन एकातिर सहज बनाएको छ भने अर्कोतिर यस्ता वैज्ञानिक आविष्कार वातावरण विनाशका कारक पनि बनिरहेको छ ।

पेट्रोल, डिजेलले चल्ने मोटर गाडी, हवाइजहाज उद्योग धन्दा, कलकारखाना पर्यावरणको सन्तुलन अलबल्याउने प्रमुख कारक तत्व बन्न पुगेका छन् । यस्ता धुलो, धुवा जस्ता सानातिना वातावरण विनाशदेखि सिंगो प्राणी जगत चराचर ध्वस्त पार्ने अणुबम जस्ता हतियार आविष्कार गरेर मानवले आफ्नो विनाशको खाडल आफै खनिरहेको छ ।

तीव्र उद्योगीकरण र उत्सर्जित कार्वनडाइअक्साइटले ओजोन तह पातलिँदै छ । जसको परिणाम स्वरुप पृथ्वीको तापक्रम बर्सेनि बढिरहेको छ । वातावरण विनाशमा नेपाल जस्तो अल्पविकसित मूलकको भन्दा अन्य उद्योगीकरणमा अघि बढिसकेको विकसिनत मुलुकको बढी हात छ । तसर्थ पर्यावरण संरक्षण विश्वका सबै राष्ट्र एकजुट हुनुपर्दछ ।

विश्व समुदाय एक ठाउँमा नउभिँदासम्म वातावरण संरक्षण हुँदैन । प्रकृतिको स्रोत साधन भावी सन्ततीलाई भनेर छोड्दैन बरु जतिसक्दो आजै सकेर भए पछि नाफा कमाउन चाहन पूँजी पति वर्ग नै हुन् । पूँजी पति वर्णहरुले मानव श्रम शोषण त गरेकै छन् त्यसका अलावा प्राकृतिक स्रोतको पनि दोहन गर्दछन् ।

विकसित राष्ट्रहरुले आफ्नो देशमा पर्यावरण विनाश गरेर धनी भइरहेका छन् । त्यसको हसर नेपाल जस्तो विकासोन्मुख देशहरुमा परेको छ । ठुला उद्योगधन्दा खोल्ने प्रतिस्पर्धा, हानिकारक भट्टीहरु खुलाउने प्रतिस्पर्धा आदिका कारण पृथ्वीमा ठुलो असर परेको छ । यस्ता उद्योगधन्दा वातावरण मैत्री हुनुको साटो मुनाफामुखी भइदिँदा पृथ्वीको दोहन बढेको हो ।

वातावरण विनाश भएकाले विभिन्न किसिमका संकट वा समस्याहरु निम्तिएका छन् । वन जंगल विनाश, उर्जाको संकट, पानीको संकट, बसाइसराई जस्ता असरहरु निम्तिएका छन् । मानवीय क्रियाकलापबाट वातावरण प्रदुषण भइरहेको छ । वातावरण संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । वातावरण प्रदुषणबाट उत्पन्न हुने समस्यामा जलवायु परिवर्तनका समस्या देखा परेका छन् ।

वातावरण प्रदुषण्बाट उत्पन्न हुने समस्याहरुमा मुख्यतया मरुभूमीकरण, वायुमण्डलीय धुमिलता, कृषि उत्पादनमा ह्रास, जैविक विविधतामा प्रतिकुल प्रभाव, अम्लिय वर्षा, भू–क्ष्य बाढी पहिरो, वनजंगलको विनाश, हरितगृह प्रभावद्वाा पृथ्वीको तापक्रम वृद्धि र आणविक हिउँद तथा विश्वव्यापी उष्णता नै प्रमुख रुपमा रहेका छन् ।

वातावरण असन्तुलनका विधिन्न कारणहरु रहेका छन् । विशेषत? जनसंख्याको तीव्र वृद्धि बढ्दो औधोगिकीकरण, वनसम्पदाको विनाश, जैविक विविधतामा ह्रास आउनु, युद्द तथा आणविक हात हतियारको होडबाजी, विज्ञान र प्रविधिको विकास उर्जँ एवम् जलस्रोतको अत्याधिक अपत र विषादी रसायनको बढ्दो प्रयोग नै हो ।

यी समस्या समाधानका लागि विभिन्न उपायहरु अवलम्बन गर्नु पर्ने आजको आवश्यकता रहेको छ । पृथ्वी सबैको साझा फूलबारी हो । यहाँ सबैले फुल्ने, फक्रने, हुर्कने, बढ्ने अवसर पाउनु पर्छ । पृथ्वीलाई बचाएर राख्ने हामी मानव जातिको कर्तव्य हो । अतः पृथ्वीलाई दिगो रुपमा बचाउनका लागि हालसम्म विभिन्न नीति तथा कार्यक्रम विश्व जगतबाट भइरहेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनबाट वातावरण संरक्षणका लागिग विविध कार्यक्रमहरु गरिएका छन् । वातावरण संरक्षणका लागि १९९२ मा राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको ब्राजिलको रियोदि जेनेरिचोमा गरिएको वातावरण सम्मेलनमा हरित गृहको शुभारम्भ र एक मात्र पृथ्वीको स्याहार उपयोग गरौ भन्ने नारा पारित गरेर रियो पृथ्वी शिखर सम्मेलनले जैविक विविधता ऐजेण्डा २१, मौसम परिवर्तन र वनजंगल संरक्षण नीति समावेश गरी विश्वशिदर सम्मेलन सम्पन्न भएको थियो ।

हाम्रो प्रकृतिमा रहेका प्राकृति बस्तुहरुको अस्तित्व एवम् सन्तुलनमा आउने गडबढीले गर्दा पृथ्वीमा रहेका कुनै बस्तुहरुको अपस्तत्व लोप हुने, कुनैको लोप हुने अवस्थामा रहेको र कुनै भविष्यमा लोप हुने सम्भावनालाई सिर्जना हुने अवस्थालाई वातावरण प्रदुषण भनेर मानिन्छ ।

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदामाथिको तीव्र दोहन आदि नै वातावरण प्रदुषणबाट उत्पन्न हुने मूल भूत समस्याका रुपमा मरुभूमीकरण, अम्लवर्षा, ओजोन तह नष्ट, बाढी पहिरो, हरितगृह प्रभाव नै प्रमुख रुपमा रहेका छन् ।

वातावरण सफा राख्नु हामी सबैको कर्तव्य हो तर तिनको हेक्का हामीले समयमै राख्न नसक्दा विभिन्न डर लाग्दा परिणामहरु आइरहेका छन् । स्वच्छ हावापानी अभावका कारण कैयन मानिस लगायतका जीवजन्तुहरु मरिरहेका छन् । पछिल्लो समय आवश्यकता देखिएको छ । आजको समयमा वातावरणीय मुद्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बन्न पुगेको छ ।

वातावरण स्वच्छता कायम राख्नका लागि मानव समुदाय जागरुक र सचेत हुन आवश्यक रहेको छ । पछिल्लो समिय वातावरण प्रदुषणकै कारण जलवायु परिर्वतनका विभिन्न समस्याहरु देखा परिरहेका छन् । औधोगिक क्रान्ति कै कारण वातावरणीय पक्ष बिग्रँदै गइरहेको छ भने वातावरण संरक्षणका नाममा वातावरणीय विनाश भइरहेका छन् जसका कारण आज वायुमण्डलमा हरितगृह ग्याँस उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनका असरहरु देखिँदै गइरहेका छन् ।

विशेषगरी नेपालमा समेत वातावरणीय प्रभावका कारण समयमै वर्षा नहुने, हिमालहरुमा हिउ कमै हुँदै जानु, तापक्रम बढ्दै जानु लगायतका समस्याहरु बढ्दै गइरहेका छन् । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनैतिक, जैविक लगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको वातावरण विनाश मानव बाच्ने आधार संख्याहरु नष्ट हुँदै गएर पग्लिँदो हिमश्रृंखला जल्दोबले समस्यामा परिणत भएकाले वर्तमान समयमा वातावरणलाई वातावरणप्रमीले अति महत्वका साथ हेर्न थाल्नु स्वभाविकै हो तर सम्बन्धित सरकारी पक्षले आफ्नो दायित्व पूरा गर्न सकेको छैन ।

विश्वकै वातावरण स्वच्छता कायम राख्नका लागि विश्व मानव समुदाय जागरुक र सचेत हुनु आवश्यक रहेको छ । वातावरण संरक्षण गर्नु आज सबैको साझा दायित्व हो भन्ने भावना सबैमा जागृत हुनु आवश्यक रहेको छ । पछिल्लो समय वातावरण प्रदुषणकै कारण जलवायु परिवर्तनका विभिन्न समस्याहरु देखा परिरेका छन् ।

वातावरणीय प्रदुषण न्यूनीकरणका लागि सबै एकजुट हुनु पर्ने आवश्यकता रहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका ऐजेण्डा विश्वव्यापी रुपमा उठेको छ र जलवायु परिवर्तनका मुद्दा विश्व जगतको चासो र चिन्ताको विषय बन्न पुगेको छ । विश्वमा दिनप्रतिदिन औधोगिक क्रान्ति भई विकासले नयाँ रुप लिँदै अघि बढिरहेको छ ।

यस्तो अवस्थामा वातावरण संरक्षण गर्ने अन्तर्राष्ट्रिय स्तरबाट पारित सन्धी महासन्धी तथा प्रस्तावहरुलाई कार्यान्वयन गर्ने, नगरपालिका, महानगरपालिकालाई अनिवार्य रुपमा भूउपयोग योजना, फोहोर मैला व्यवस्थापन योजना बनाउन लगाई कार्यान्वयनमा जोड दिने, स्थानीय निकायको प्रत्यक्ष संलग्नतामा धार्मिक, सांस्कृति र प्राकृतिक स्थलहरुको वातावरण सुधार, संरक्षण र व्यवस्थापनसम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्ने ।

जैविक विविधताको संरक्षण गर्ने, विद्युत शक्तिको खपतमा विकास गर्ने, प्रयोग भइसकेका बस्तुहरु नवीकरण गरी पुनः प्रयोगमा ल्याउने व्यवसाय तथा संलग्न व्यवसायीहरुलाई प्रोत्साहित गर्ने, वातावरण संरक्षणलाई विकास निर्माणका कार्य तथा अन्य सम्बन्धित सबै कार्यहरुसँग आवद्ध गरी कार्यान्वयन गर्ने कार्यहरु गरी वातावरण संरक्षण गर्न सकिन्छ ।

नेपालको संविधानको २०७२ मा मलिक हक अन्तर्गत धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको छ । उक्त धाराको उप दफा (१) र (२) मा प्रत्येक नागरिकलाई स्वच्छ र सफा वातावरणमा बाच्न पाउने हक हुने छ । उपदफा (२) मा वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षति वापत पीडितलाई प्रदुषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

उपधारा (३०) मा राष्ट्रको विकास सम्बन्धी कार्यमा विकास र वातावरणबिच समूचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पु¥याएको मानिने छैन भनी व्यवस्था गरेको छ । उक्त व्यवस्थाले नेपाल सरकार वातावरण संरक्षण प्रति सचेत रहेको मान्न सकिन्छ । यसका अतिरिक्त नेपाल सरकारले वातावरण संरक्षणका लागि वातावरण मन्त्रतालयको स्थापना गरी वातावरणका विविध क्षेत्रहरुमा काम गर्दै अघि बढिरहेको छ ।

नेपाल सरकारले सातौँ पञ्च वर्षीय योजनादेखि वातावरणलाई प्रत्येक विकास आयोजना अन्तर्गत विशेष ध्यान दिनु पर्ने अंगका रुपमा मान्यता दिन सुरु गरेको थियो । बढ्दो वातावरण प्रदुषण न्यूनीकरणका लागि नेपाल सरकारले वातावरण ऐन २०५३ माघ १७ गते र वातावरण संरक्षण नियमावली २०५४ जारी गरिसकेको छ । जारी ऐन नियमावलीलाई कार्यान्वयनको पक्षमा तदारुकताका साथ लैजानु आजको आवश्यकता हो ।

अहिलेको पुस्ताले नारा र भाषणमाभन्दा व्यवहासिरक कार्यान्वयनको पाटोमा बढी विश्वास राख्दछ । नेपालले बर्सेनि वातावरण दिवस समेत मनाउँदै आएको छ । यस्ता दिवसहरु दिवसमा मात्र सीमित नभई वातावरण सम्बन्धी जनचेतना जगाउने कार्यमा अनवरत रुपमा लाग्नु पर्दछ । नेपाल सरकारले वातावरण संरक्षण गर्ने कार्यमा विद्यालयस्तरदेखि नै वातावरण प्रदुषणबारे पाठ्यपुस्तक तयारी गर्दै जनचेतना फलाउँदै जाुन पर्दछ ।

आम नागरिक बुद्धिजीवि, राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी, कर्मचारी, स्थानीय सरकार सबै गोलबन्द भई वातावरण संरक्षण गर्ने कार्यमा सहभागी हुँदै प्रचारप्रसार गर्दै वातावरण प्रदुषण न्यूनीकरणका लागि जनचेतना जगाउँदै अघि बढ्नु आजको आवश्यकता हो ।

हालका वर्षहरुमा वातावरण प्रदुषण दिनानुदिन बढ्दै गइरहेका छन् । जसको मूल कारण हामी मानव जाति नै हौँ । राष्ट्रिय वातावरण नीति, २०७३ तर्जुमा गरिएको छ । यसका लागि तीनै तहका सरकार, नागरिक समाज, समुदाय निजी क्षेत्र र व्यक्ति–व्यक्ति बिच आपसी समन्वय र सहकार्यको आवश्यकता देखिन्छ ।