कोरोनाको आशंका स्वास्थ्य परिक्षण गरिएका ३० जनाको रिपोर्ट नेगेटिभ

दाङ,२४ बैशााख । कोरोना भाइरस संक्रमणको आशंकामा केही दिन पहिले नेपालगंजबाट घोराही आएका एक युवकसहित ३० जनाको नमूना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमणको आशंकामा नेपालगंजबाट घोराही फर्किएका ती युवासँगै घोराहीका मस्जिद र कोरोना विशेष अस्पताल बेलझुण्डीका ३० जना विरामीहरुको नमूना परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन । उनीहरुको नूमना प्रतिष्ठानको पिसिआर विधिबाट परिक्षण गरिएको थियो ।