दाङ २४ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बिरगंजमा थप १७ जनाको परीक्षण पोजेटिभ देखिएको हो ।
दुई महिनाको बच्चादेखि बृद्धिसमेत गरी १७ जना नयाँ संक्रमित फेला परेको र उनीहरुको स्वास्थ्य अबस्था भने सामान्य रहेको जनाइएको छ । हालसम्म २२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
बिश्वभर ३६ लाख ६४ हजार भन्दा बढीलाई संक्रमण देखिएको छ भने यो संक्रमणबाट मृत्युहुनेको संख्या २ लाख ५८ हजार भन्दा बढी रहेको छ ।