श्रीराम दहित
चिन्तन उनको पवित्र पावन उस्तै पवित्र नाम ।
ब्रह्मा विष्णु महेश स्वरूप सद्गुरु सधैं प्रणाम ।
सुखदुःख दाता तिमि सद्गुरु कोटिकोटी प्रणाम ।
कर्मफल ज्ञान मानव मुल्य ज्ञात गराउने गुरु प्रणाम ।
गरौँ यात्रा एकजुट भइ पार पाउन आध्यात्मिक संग्राम ।
संहार कर्ता शिव स्वरूप सद्गुरु तिमिलाई प्रणाम ।
उज्यालो ज्ञानको अमृत धारा जगतलाई दिन्छौ सारा ।
सुर्य– चन्द्र जत्तिकै महत्त्व सद्गुरु ऋणि शिष्य सारा ।
जागौं उठौं संकल्प लिइ अगाडि बढौं नलिइ विश्राम ।
मार्ग दर्शक शिव स्वरूप सद्गुरु आत्मीय गर्छौं प्रणाम ।
गुरु परम्पराको गरिमा अमृत ग्रहण गरौँ शिष्य साधक ।
जन–जनमा आस्था जगाउने कर्ममा कोही नबनौं बाधक ।
गुरु वचन हृदयमा राखी सधैं गरौँ सबको हितमा काम ।
शिष्य हरुका चेतनाका द्वार सद्गुरु सद्गुरु गर्छौं प्रणाम ।
प्रेम सद्भाव सम्मान गर्दै साधक सबैलाई साथ लगाउने ।
समय बलवान् अवसरको महत्व प्रिय साधकलाई बताउने
विविध विषयको शिक्षा–दीक्षा प्रदान गरी सवल शिष्य बनाउने ।
सद्गुरु तिम्रो फरक पहिचान अँध्यारो जगतले जय जयका गर्ने ।
शिष्यलाई मानवता जसले सिकाउने सद्गुरु प्रणाम ।
साधकको आत्मविश्वास जगाउने ती सद्गुरु प्रणाम ।