युवराज शर्मा
नेपाल प्राचिनकालदेखि स्वतन्त्र देश हो । यो देशले परत्रन्त्र भोगेन । कुनै पनि देशको दासत्व स्वीकारेन । एउटा सार्वभौम सम्पन्न देश हो । जो भौगोलिक अखण्ड राष्ट्र हो । व्रिटिस इण्डियासँग लड्न सक्षम भएका नेपालीहरु भएको, वीर पूर्खाको देश हो ।
यहाँका नागरिकले अर्काको दुःखमा साथ दिने र सुखमा रमाउने प्रकृतिका छन् । एकलाई अप्ठारो पर्दा अर्काले सघाउने गर्छन् । उनीहरुले पानी खान माग्दा महि खान दिन्छन् । रातिमा बास बस्ने व्यक्तिले बास भाग्दा बास र खाना खान पनि दिन्छन् । वास्तवमा नेपाल देश पनि चारजात छत्तिस वर्णको साझा फुलबारी भएको पाइन्छ । यसको भौगोलिक अखण्डतालाई राम्रोसँग केलाउने हो भने हिमाल, पहाड र तराईको भू–भागहरु सुन्दर, शान्त र विशाल छ ।
नेपालीहरु भोकै बस्न सक्छन् तर उनीहरु झुक्न चाहन्नन् । प्रकृतिको बरदान धारा, झरना, नदी, खोला, पोखरी, तलाउमा रमाउँछन् । नेपालीको अपार भाषा, धार्मिक अवस्थालाई मनन् गर्छन् । उनीहरुमा पाइने इमानदारी र बहादुरी शक्ति भएको पाइन्छ । नेपालको उर्वरभूमि र अर्गानिक खेतीपाती महत्वपूर्ण छ । त्यसैले होला नेपाललाई स्वर्गको टुक्रा पनि भन्छन् । शान्त वातावरण, स्वच्छ जलभण्डार, सौन्दर्भिक प्राकृतिक सुन्दरता भए तापनि देशको विकास अघि बढ्न सकेको छैन ।
एक ठाउँबाट अर्को ठाउँमा जाने सडक मार्ग पनि पूरा हुन सकेको छैन । नेपालको विकासमा पछि पर्नुको मूल कारण राजनीतिक विचार धाराका व्यक्तिले विकासको इच्छा नगर्नु नै हो । सत्तामा रमाउने र आफ्नो स्वार्थसिद्ध गर्ने नीति नै बहुसंख्यक राजनीतिज्ञहरुको सेवा भएको छ । राजनीतिक दलहरुमा भएको टुटफुट, राजनीतिक सहमतिले जुटको वातावरण बन्नु, दलहरुमा भएको आपसी प्रतिशोध र छलछापले नागरिक पीडित छन् ।
हिजोका दिनमा नुन, उन र सुन आयात गरिन्थ्यो भने खाद्यमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने क्षमता थियो । छिमेकी देश भारतलेनाकाबन्दी गर्दा पनि नागरिक डगमगाएनन् । अहिले खाद्य निर्यातमा छैन तर आयातमा निर्भर छ । खाद्य उत्पादन गर्ने जनशक्तिलाई हेर्दा खेतीपाती गर्ने वर्गमा सत्तामा रमाउने र भ्रष्टाचार गनेृ मात्र देखिन्छन् । यसले गरिब र विपन्न वर्गलाई खेतीपाती गर्नेवर्गलाई निरुत्साहित गरेका छौँ ।
कृषि व्यवसायलाई निरुत्साहित पार्नु नै खाद्य सामग्रीहरुमा ह्रास आउनु हो । २०४६ सालदेखि बिग्रदै गएको कृषि व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने सरकारी नीति आउनु पर्दथ्यो तर किसानले पैसा तिर्दा पनि किसानले जोत्ने जमिनका आधारमा रासायनिक मलको मात्रा तय गर्नुपर्छ र उपलब्धताको आधारमा रासायनिक मल, किटनाशक ओखती, उन्नत बउि पैसा तिर्दा किसानहरुले पाउनुपर्छ तर विदेशीको नजरमा नेपाल सानो छ ।
अहिले नेपालमा जुन व्यक्तिसँग धन पैसा छ, त्यसै व्यक्तिको हैकमवादी प्रवृत्ति बढ्दो छ । त्यसैमा पछि लाग्नेहरु धेरै हुन्छन् । मानिसहरुमा धन पैसा कमाउने होडबाजी छ । जससँग धन पैसा छ, उसैको महत्व मानव समाजमा छ । पण्डित बाजेका लागि दान, पूजा आजा, काजकिरिया गर्ने चलन छोट्टिदै गयो । गाउँघरमा जसको बोलाकला छ, उसैको हैकम चल्छ । एकले अर्कोलाई कदर गर्ने, अदु्रधा गर्ने र आदर गर्ने वातावरण हरायो । विदेशीहरुले नेपाल पर्यटकीय, धार्मिक, ऐतिहासिक दृष्टिले हेर्दै आएका थिए । अब स्वार्थीहरुको जमघटथलो भयो ।
गाउँघर सुनसान छ । सहरमा मानिसहरु सत्ता खचाखच छन् । छोराछोरी पढाउन भन्दै बुहारी र नातिनातिनाहरु सहर बस्न लागे । छोराको परदेशी जीवन बित्दै छ । घरमा पठाएको धन पैसा छोराको कमाई नभएर बुहारी नानीको कमाई भयो । बुहारीहरु धन पैसामा छन् । बुढाबुढीहरु धनपैसामा छन् । बुढाबुढीहरु सरकार वृद्धभत्तामा रमाएका छन् । गाउँद्दघरमा बुढाबुढीको जीवन निरश बन्दै गयो । विदेशीहरुको नजरमा नेपाल मानव श्रम साधनहरुमा कमजोर बन्यो ।
हिजोका दिनमा सरकारी सम्पत्तिहरुको जगेर्ना गर्नुपर्छ भन्ने थियो । मानवमा सेवा र धर्मको मानसिकता थियो । अहिले सरकारी सम्पत्ति निजी बनाएका छन् । पाटी, पौवा, धर्मशाला, पाठशालाहरु सुनसान बन्दै छन् । जाँड, गाजा, भाङ, धतुरो, रक्सिका साथमा रण्डी नचाउने विकृति बढेको छ । विदेशीको नजरमा नेपाल विकृतिको देश भएको छ ।