घोराही, २६ असार। समाज कल्याण केन्द्र नेपालको आयोजनामा “महिला प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम” घोराही उपमहानगरपालिका–१३ स्थित शुभ विहानी टोलमा सम्पन्न भएको छ।
महिलाहरुमा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही–१४ का निवर्तमान वडाध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रमुख प्रशिक्षकका रुपमा घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले प्रशिक्षण दिएकी थिइन। उनले सहभागी महिलाहरुलाई सुरक्षित मातृत्व, परिवार नियोजन, किशोरी अवस्था र प्रजनन स्वास्थ्यसम्बन्धी वैज्ञानिक तथा व्यवहारिक जानकारी दिइन ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी शुशिला पौडेल, स्वास्थ्य स्वयंसेविका नगर अध्यक्ष बिना खनाल, स्थानीय टोल विकास संस्था, आमा समूह, स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कर्यकमको सहजीकरण जानका केसीले गरेकी थिइन् ।