गोरक्ष समाचारदाता
घोराही, २६ असार । हिन्दू विद्यापीठ नेपाल घोराहीले विशेष कार्यक्रमको आयोजना गरि गुरु पुर्णिामा मनाएको छ । विद्यालयका प्रबन्ध निर्देशक भोलानाथ योगीको सभापतित्व तथा योग गुरु रबिन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीले विद्यार्थीले हरेक दिन गुरुको सम्मान गर्न सिके सकारात्मक परिबर्तन आउने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बस्नेतले घोराहीमा रहेका धेरै विद्यालयमध्ये हिन्दू विद्यापीठ फरक पहिचान र संस्कार रहेको विद्यालय भएको भन्दै प्रसंशा गरेका थिए । विद्यालयले बालबालिकालाई शिक्षासँगै संस्कार, संस्कृती र राष्ट्रियताका बारेमा सिकाउने गरेको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीहरु सुनिता बिक र शिशिर रावतले स्वस्ती बाचन गरेका थिय । त्यस अबसरमा विद्यालयका संयोजक मधुसुदन पन्त, लेखापाल खडग शर्मा, शिक्षक बामदेब पोख्रेल, निमा बुढाथोकी विद्यार्थीहरु बिभुती गौतम,रोसिम गौतमलगाएतले आफ्नो भनाइ व्यक्त गरेका थिय । कार्यक्रमको सन्चालन विद्यालयका प्रीन्सिपल पिताम्बर रिजालले गरेका थिए ।
यसैविच घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया योग साधना केन्द्रले पनि विहीवार व्यास जयन्ती अर्थात् गुरुपूर्णिमा मनाएको छ । गुरु पूर्णिमाका अवसरमा नियमित योगाभ्याससँगै विशेष कार्यक्रम गरेर मनाएको हो । पतञ्जलि योग साधना गुलरिया केन्द्रका अध्यक्ष कमलमणि पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।