तुलबहादुर कवँर मगर
मसुरिया, २५ असार । दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारलाई स्वच्छ ऊर्जा प्रवद्र्धनको उद्देश्यले सुधारिएको चुलो वितरण गरिएको छ ।
राप्ती गाउँपालिका, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी), सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) तथा उपभोक्ताको साझेदारीमा गाउँपालिकाभित्रका पाँच सय ५५ घरपरिवारलाई तह–३ को विद्युतीय पंखासहितको सुधारिएको चुलो वितरण गरिएको हो ।
चुलो भूमिहीन दलित, सुकुम्बासी, मुक्त कमैया, अति विपन्न, पछाडि परेका समुदाय तथा एकल महिलालगायतका लक्षित वर्गका परिवारलाई वितरण गरिएको छ । गाउँपालिका स्वच्छ ऊर्जा प्रवद्र्धनका फोकल पर्सन बालचन्द्र गुरुङका अनुसार बुधबार वडा नं. १, ३, ४ र ८ मा बसोबास गर्ने लक्षित वर्गका परिवारलाई चुलो वितरण गरिएको छ ।
चुलोको कुल मूल्यमध्ये १५ प्रतिशत रकम सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले व्यहोरेको छ भने ५ प्रतिशत अर्थात् ३ सय रुपियाँ उपभोक्ताले तिर्ने व्यवस्था गरिएको छ । बाँकी लागत अन्य साझेदार सस्थाहरूले व्यहोरेका छन् । गाउँपालिकाले एक महिना अघिनै सूचना प्रकाशित गरी आवेदन संङ्कन गरेको थियो। प्राप्त
सुधारिएको चुलो वितरण कार्यक्रमले वातावरण प्रदूषण घटाउदै दाउराको खपत कम गर्न सहयोगी भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट बताउनुहुन्छ । उहाँका अनुसार सुधारिएको चुलाले आमाबुबा तथा बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने बताउनुभयो । आगामी दिनमा अन्य वडाहरुमा इन्डक्सन चुलो, बायोग्याँससँगै सुधारिएको चुलो वितरण गरिने बताउनुभयो ।