मावि सौडियारमा एक लाख बराबरको दुर्घटना बीमा

दाङ,२५ असार । आर्थिक जोखिम न्युनिकरण गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–७ स्थित माध्यमिक विद्यालय सौडियारले सामूहिक दुर्घटना बीमा गराएको छ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयमा अध्ययनरत सबै विद्यार्थी, शिक्षक तथा अभिभावकको एक लाख रुपैयाँ बराबरको बीमा गरेको हो।

विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीका अनुसार बीमाले शैक्षिक समुदायलाई आकस्मिक घटनामा आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास लिइएको छ। बुधबार एक कार्यक्रमका बीच बीमा कम्पनीका प्रतिनिधि सन्तोष अधिकारीले विद्यालय व्यवस्थापन समिति ९बिब्यस० अध्यक्ष निशानदाजु भट्टराईलाई बीमा पोलिसी हस्तान्तरण गरेका थिए।