तुलसीपुर, २४ असार । तुलसीपुर उपमहानगरपालिकाले किसानलाई कृषि र पशु सेवाका औजार वितरण गरेको छ ।
५० प्रतिशत अनुदानमा मेसिनरी औजार वितरण गरेको हो । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा÷ पशुसेवा शाखाले मंगलवार किसानलाई मिनी टिलर, चारा मेसिन र दाना मेसिन वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका नगरस्तरीय कृषि विकास समितिका संयोजक लक्ष्मण चौधरीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छनौट भएका कृषि फर्म, कृषक समुह कृषि सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजारहरु वितरण गरिएको कृषि विकास शाखाका प्रमुख कुलराज चौधरीले जानकारी दिएका छन् ।
८० वटा समुह,फर्म र सहकारीलाई ४७ लाख ८ सय ५० मा खरिद गरेर औजार मेसिनहरु अनुदानमा २३ हजार ९ सय २५ मा ५० प्रतिसत अनुदानमा वितरण गरिएको हो । औजार मेसिी वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले बजार मूल्यभन्दा आधा कम्मा खरिद गरि मेसिन औजारहरु किसानलाई ५० प्रतिशत छुट्टमा उपलव्ध गराएको बताए ।
उनले सो मेसिन औजारहरु सही रुपले कृषि प्रयोजनका लागि प्रयोग गर्न समेत आग्रह गरे । ‘राज्यको लगानिलाई सहिरुपमा प्रयोग गर्नुहोला हामीहरुले अनुगमन गर्दा दुरुपयोग गरेको पाएमा कारवाही हुने छ’, नगर प्रमुख खड्काले भने ।’ त्यस्तै नगर उपप्रमुख स्यानी चौधरीले लक्षित समुदायका किसानलाई अनुदानमा मेसिन औजार वितरण गरेको भन्दै सहिरुपमा प्रयोग गरि कृषि तथा पशु क्षेत्रको विकास विस्तारमा लाग्न आग्रह गरिन ।