कपडा तथा सिलाई व्यवसायीद्वारा ज्ञापनपत्र

तुलसीपुर, २४ असार । नेपाल कपडा तथा सिलाई व्यवसायी संघले अनुचित प्रभावको भरमा निश्चित स्थानमा विद्यालय पोशाक खरिद गर्न विद्यार्थीहलाई तोक्ने गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नगरकार्य समिति तुलसीपुरले केही विद्यालयमा यस्तो देखिएको भन्दै तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको छ । नगरप्रमुख टिकाराम खड्कालाई ज्ञापनपत्र बुझाउदै संघले अहिले कक्षा ११को भर्ना चलिरहेको र प्रत्येक नयाँ भर्नासंग प्रत्येक नयाँ ड्रेसको माग हुने र माग हुने ड्रेसको किनबेचमा केहि अस्वस्थ प्रतिस्पर्धा र अविभावक तथा विद्यार्थीमाथि आर्थिकभार र व्यावसायिक क्षति जस्तो समस्या देखिएको जनाएको छ ।

उपमहानगरपालिकामा बुझाएको ज्ञापनपत्रमा जसको मुख्य कारण भनेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ पूर्ण रुपले पालना नहुनु भनिएको छ । निर्देशिकामा विद्यालयबाट निर्धारित ड्रेसको नमुना विद्यार्थीलाई उपलव्ध गराउनु पर्ने र तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य पारिने छैन भनेपनि त्यसको विपरीत अनुचित प्रभावको भरमा निश्चित स्थानमा तोक्ने गरेको पाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

जसको असर आमउपभोक्ता अविभावक र असिसिमत व्यवसायीहरुलाइ परेको संघले जनाएको छ । ‘व्यवसाय गर्न कसैलाई बन्देज गर्नु पर्छ भन्ने संघको मनसाय नभएको र निश्चित ठाउँमा बसेर व्यवसाय राज्यका निति नियममा रहेर आफनो कर्तव्य निर्वाह आफुहरुले गरेको उल्लेख छ । तर केही तत्वहरु जसले निश्चित ठाउँमा बसेर व्यवसाय नगर्ने तर अन्यलाई पनि व्यवसायिक नोक्सानी व्यहोर्न बाध्य पारेको बताएको छ ।

त्यस्तै दर्ता विना चलेका व्यवसाय र घुम्ते व्यवसायीलाई रोक्न माग गरिएको छ । यसका लागि समयमै राज्य र सरोकारवाला पक्ष सजक हुन जरुरी रहेको ज्ञापनपत्रका उल्लेख छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघका सदस्य चित्रबहादुर नेपाली, नगर कार्यसमितिका अध्यक्ष गोपाल नेपाली र सचिव तारा परियारलगायतले अस्वस्थ प्रतिस्पर्धा र व्यवसायीहरुको अहित हुने कार्य रोक्न नगरप्रमुख संग माग गरेका थिए ।

ज्ञापनपत्र बुझदै नगर प्रमुख खड्काले प्रतिष्पर्दा हुन सक्ने तर अभिभावक र विद्यार्थीलाई बाध्य पार्ने काम कोही कसैबाट हुन नहुने बताए । ‘यस विषयमा हामीहरुले बसेर छलफल गर्नेछौ दर्ताविना र घुमन्ते व्यापार गर्न कसैलाई छुट हुने छैन् सवैले निति नियम अनुसार व्यवसाय सञ्चालन गनुपर्छ’, खड्काले भने ।’