१७ लाख १५ हजार घनमिटर काठ उत्पादन

दाङ, २४ असार ।  लुम्विनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा १७ लाख १५ हजार भन्दाबढी घनमिटर काठ उत्पादन भएको छ । प्रदेशका १२ जिल्लामा यो मात्रामा काठ उत्पादन भएको हो । प्रदेश सरकारको सर्वेक्षण प्रतिवेदनका अनुसार चैत मसान्तसम्ममा १७ लाख १५ हजार १६३ घनमिटर काठ उत्पादन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४० लाख ३२ हजार ९५५ घनमिटर काठ उत्पादन भएको थियो ।

अर्घाखाँची डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्त सम्ममा पाँच लाख नौ हजार ८६० घनमिटर काठ उत्पादन भएको छ । अघिल्ला वर्ष २०८०/०८१ मा पाँच लाख ७५ हजार ९३ घनमिटर काठ उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ । परासी डिभिजन वन कार्यालयअन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा ७५ हजार २४७ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष चार लाख ११ हजार ८८७ घनमिटर काठ उत्पादन भएको थियो ।

गुल्मी डिभिजन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ नौ महिनामा २२० हजार ४१ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ४४ हजार ३२ घनमिटर काठ उत्पादन भएको थियो । गौतमबुद्ध डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ८६ हजार पाँच सय चार घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख १३ हजार ६९३ घनमिटर काठ उत्पादन भएको थियो ।

बाँके डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा ९४ हजार ११ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ८७ हजार ५३१ घनमिटर काठ उत्पादन भएको थियो । कपिलवस्तु डिभिजन अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुर्ई लाख नौ हजार ९६२ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सात लाख ६४ हजार ७६ घनमिटर काठ उत्पादन भएको थियो ।

यसैगरी बर्दिया डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा एक लाख २१ हजार २१ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा दुर्ई लाख ५५ हजार ४०४ घनमिटर काठ उत्पादन भएको थियो । रुपन्देही डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा एक लाख तीन हजार ८८१ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख ६१ हजार ५२१ घनमिटर उत्पादन भएको थियो ।

प्युठान डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा एक लाख नौ हजार ७८६ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा एक लाख ३४ हजार ५३४ घनमिटर काठ उत्पादन भएको थियो । दाङ डिभिजन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ५९ हजार १०८ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख दुई हजार ४१४ घनमिटर काठ उत्पादन भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै पाल्पा डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा ८५ हजार ८११ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ८५ हजार ५८ घनमिटर काठ उत्पादन भएको थियो । देउखुरी डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा नौ हजार ६३५ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख ६० हजार ३२३ घनमिटर काठ उत्पादन भएको थियो ।

रोल्पा डिभिजन अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा ३० हजार २९४ घनमिटर काठ उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३० हजार २५८ घनमिटर काठ उत्पादन भएको थियो । रुकुम पूर्व डिभिजन वन कार्यालय अन्र्तगत चालु आर्थिक वर्षको तथ्याङक उपलब्ध छैन भने अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सात हजार १३१ घनमिटर काठ उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार लुम्बिनीमा सामुदायिक वनको संख्या चार हजार ५२ रहेको छ । सामुदायिक वनको क्षेत्रफल चार लाख ३२ हजार ९८२ हेक्टर रहेको छ । कबुलियत वन ४१६ वटा रहेका छन् । जसको क्षेत्रफल दुई हजार ४६९ हेक्टर रहेको छ । नौ सय ४० हेक्टरमा फैलिएको धार्मिक वनको संख्या ३० रहेको छ । एक हजार १९ वटा निजी वन ७८९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । संरक्षित वन २ वटा प्रस्तावितसहित छ वटा रहेका छन् ।

जसको क्षेत्रफल ९६ हजार ५६३ हेक्टर रहेको छ । मध्यवर्ती क्षेत्र दुई वटा रहेका छन् । जसको क्षेत्रफल एक हजार २४५ हेक्टर रहेको छ । राष्ट्रिय निकुञ्ज दुई वटा रहेका छन् । जसको क्षेत्रफल एक हजार ५९८ हेक्टर रहेको छ । साझेदारी वन आठ वटा रहेका छन् । जसको क्षेत्रफल २२ हजार ५८१ हेक्टर क्षेत्रफल रहेको छ । चक्ला वन २ वटा रहेका छन् । जसको क्षेत्रफल तीन हजार १२४ हेक्टर क्षेत्रफल रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।